समाचार

राजनितीमा उदाउदै संचारकर्मी रवि लामिछाने -GoodNews24

Gobal IME Bank

काठमाडौं, २ असार ।  संचारकर्मी रवि लामिछाने राजनितीमा होमिएका छन ।एउटा भिडियो क्लिप्स सार्वजनिक गर्दै उनी राजनितीमा उदाउने घोषणा गरेका छन । रहरले संचारकर्मी भए, तर परिस्थितीले मलाई राजनीतिज्ञ बनायो भन्दै लामिछानेले आफु राजनितीमा आउने घोषणा गरेका छन । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा आएका छन । उनी भन्छन, “अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो। आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु। बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा भेटौं।”
असार ७ गते १ बजे सल्लाह गरौ भन्दै जनतालाई भेटको निम्ती एक भिडियो क्लिपमार्फत आव्हान गरेका छन । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका हुन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button