मनोरञ्जनमुख्य समाचारसमाचार

प्रचण्डको चुनावी र्‍याप गीत ‘भोट फर प्रचण्ड’ (भिडियो)

गीतमा प्रचण्डले राजतन्त्र फाल्नेदेखि जनतालाई अधिकार दिलाएकोसम्मका शब्दहरु समावेश

Gobal IME Bank

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हरेक उम्मेदवारहरु यतिबेला जनता फकाउन निकै जुरमुरेर लागि परेका छन् । त्यसो त चुनावी माहोलले गर्दा होला जनताहरु पनि निकै चाख लाग्दो हिसाबले उम्मेदवारहरुको रणनितिहरुलाई नियाल्दै छन् ।

उम्मेदवारहरु पनि आफुले बिगतमा जनताको लागि गरेको कामहरु भन्दै ठुल-ठुला भाषण दिन पछि परेका छैनन् । आफुले जनमुखी काम गरेकोबारेमा प्रचारप्रसार गर्ने दौडमा छन् उम्मेदवारहरु। पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुले गर्दा भने पार्टीगत उम्मेदवारहरुलाई केहि असहज भएको जस्तो देखिन्छ । यद्यपी नतिजाबारे भने सबै अन्योलमै बस्न बाहेकको बिकल्प छैन् ।

यता चुनावी दिनहरुमा प्रचारप्रसारको लागि सांगितिक क्षेत्रले पनि राजनीतिज्ञहरुलाई निकै सहयोग पुगाकै देखिन्छ । यसैबिच भर्खरै नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केन्द्रीय पात्र बनाएर चुनावी गीत ल्याएको छ।

माओवादीले गीतमा पनि र्‍याप गीत ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ भन्ने ल्याएको छ। सो र्‍याप गीतमा प्रचण्डले राजतन्त्र फाल्नेदेखि जनतालाई अधिकार दिलाएकोसम्मका शब्दहरु समावेश गरिएका छन्। त्यसो त प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button