समाचार

कांग्रेससंग नै सहकार्य गर्ने प्रचण्डको निर्णय -Good News 24

Gobal IME Bank

साउन १२, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा नेपाली कांग्रेससंग नै सहकार्य हुने बताएका छन । अहिले धेरै एकताको बिषयबस्तुमा धेरै टिकाटिप्पणी भइरहेको तर हालको गठबन्धनलाई निरन्तरता दिएर जाने बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रचण्डले एमालेसँग भने सहकार्य असम्भव भएको र गठबन्धन नै अगाडि बढ्ने निर्णय लिएको जानकारी दिए । उनले भने “गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन ।” उनले अझै अहिले कतै नसोच्न र कांग्रेस भन्दा दाँयाबाँया एकताको कुरा नसोच्न सबैलाई पहल गरेका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button