समाचार

जनप्रतिनिधिलाई प्रचण्डको कडा निर्देशन : काममा माओवादी पहिचान देखियोस्-GoodNews24

Gobal IME Bank

काठमाडौँ, १८ जेठ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताउनुभयो । “हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थ्ये, जनताको सुखदुःखमा सँगै हुन्थ्ये, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, तर आज नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “अब विगतजस्तै जनप्रतिनिधि जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ ।” माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उहाँले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेका बताउनुभयो । माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उहाँले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताउनुभयो । त्यसका निम्ती आफ्नो कामा बाट नै पहिचान दिनको निम्ती कडा निर्देशन दिनु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button