मनोरञ्जनमुख्य समाचारसमाचार

मेरो सृजनाले प्रत्यक्ष/अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ,सबै संग क्षमा चाहन्छु- सर्जक प्रकाश सपुत

Gobal IME Bank

काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुतले ‘सकम्बरी’ गीतलाई लिएर अहिले भइरहेको विवादमा माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् ।

उनले आफ्नो सिर्जनाले प्रत्यक्ष/अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहेको बताएका छन् ।

रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । यो चेतावनीको पृष्ठभूमिमा गायक सपुतले प्रष्टीकरणसहित माफी मागेका हुन् । ‘सकम्बरी’ले रिलिज भएको सात दिनमै एक करोडभन्दा बढी भ्यूज प्राप्त गरेको छ ।

गायक प्रकाश सपुत लेख्छन् – 

सात दिनमा करोड़ पटक हेरिएको छ ।
धेरैले गित सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ ।केहिले यसको विषयवस्तुलाई गम्भिर रुपमा मनन गर्नु भएको छ र हामीलाई धन्यबाद दिनु भएको छ । अलिकतिले चाहि यसका केहि कमजोरीहरु औल्याउनु भएको छ । यति धेरै माया, प्रसंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईहरुको सहभागिता साच्चिकै म्याजिकल छ ।अमुल्य छ । सबैखाले प्रतिक्रियालाई मनन गरेको छु । माया र प्रसंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ । तपाईहरु सप्पैलाई एकमुष्ट रुपमा धन्यबाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है 🙏😍🇳🇵
तर आधिकारिक संस्थाले प्रेस विज्ञप्ति नै निकाल्नु भएकाले यो विषयलाई चाहि सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो..
श्री अध्यक्ष ज्यु !
रात्रिकालीन मनोरन्जन व्यवसायि संघ , काठमाण्डौ ।
पछिल्लो गित “ सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसा को विषय गम्भिर र साझा विषय हो । यो सबै क्षेत्र मा छ ।अझ भनौ विश्वव्यापि छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हो । र कुनै अर्को क्षेत्रमा छदैछैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभुमी तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनु होला । यदि रात्राकालीन मनोरन्जन व्यवसायी (दोहोरी साझ) हुदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुदैन थिए । म सधै रिणि छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने “ सकम्बरीको “ कथा पनि म संग हुदैनथ्यो । गित र भिडियो लाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरु आएपछि म शुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु । तपाईहरु रात्रीकालीन मनोरञ्जन व्यवसायलाइ व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहि बाट म जस्तै थुप्रैले आफ्नो जिवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो / नराम्रो भन्दा पनि हामी भित्रपनि राम्रा / नराम्रा पक्ष र प्रवृति छन त्यसमाथी बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबै तिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने , रोज़गार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भुमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौ त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन। त्यसैले यो देशकै समस्या हो ।
खैर, मेरो सृजनाले प्रत्यक्ष / अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ , अपमानजनक महशुस भएको छ सबै संग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफु अग्लिनु छदै छैन, कसैलाई असफल बनाएर आफु सफल हुनु छदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होईन । म पनि यहि समाज र परिवेशको उत्पादन हु । मेरो चेतना पनि यहि निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकिनसकि/ जानिनजानि गर्न खोजेको चाहि समाजका अध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रीकालीन मनोरन्जन व्यवसाय मात्रै होईन देशका सबै क्षेत्रलाई , सबै अंगलाई मर्यादित बनाउन , सफल र समृद्ध बनाउन तपाई हामी सबैको भुमिका उत्तिकै महत्वपुर्ण छ ।
बाकि, म फर्किएपछि दोहोरी साझमा बसेर समिक्षा गरौला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउला म.. कुनै मिठो भाका छान्दै गर्नु होला । धन्यबाद !
प्रकाश सपुत
अमेरीकाबाट

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button