मुख्य समाचारसमाचार

जनचाहना अनुरुप काम गर्न केन्द्रित हुनेछुः काँग्रेस नेता सिंह

Gobal IME Bank

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताउनुभएको छ ।

विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहको भनाई थियो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले जनताले विकास निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले तीन वटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानून निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गर्नुभयो । सुशासन, समृद्धि, विकास, बेरोजगारी समस्या समाधान गरी मुलुकलाई भ्रष्टाचार मुक्त गराउनुपर्ने दायित्व पनि आफूहरुको रहेको नेता सिंहले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रकै नीति निर्माण गर्ने, कानून बनाउने काममा हामी फोकसिङ गर्छौ । तर त्यति भन्दैमा फेरि पनि तपाईहामीले एउटा के कुरा बुझ्नुप¥यो भने सांसद भनेपछि केवल कानून निर्माण गर्ने मात्र नभइकन जुन क्षेत्रको आफूले प्रतिनिधित्व गरेको हुन्छ, त्यो क्षेत्रको हरेक किसिमका पूर्वाधार विकासदेखि लिएर, सामाजिक विकृति हटाउनेदेखि लिएर, आर्थिक सम्पन्नता गराउनका लागि रुचिका साथ ध्यान केन्द्रित गरेर कार्य पनि त्यही अनुसार अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ । र, म लामो कुरा गर्नुभन्दा पनि लोकतन्त्रको सुन्दर पक्ष नै के हो भने आवधिक निर्वाचन हो ।

निर्वाचनको बेलामा सबैले आ–आफ्नो घोषणा पत्र, नीति र कार्यक्रमहरु ल्याउने र जनताले म्यान्डेट दिइसकेपछि विगतमा मैले यही निर्वाचन क्षेत्रबाट पटकपटक प्रतिनिधित्व गरेँ । मैले अनुभव गरेको छु–विकास निर्माणको काममा खास गरेर जुन राजनीतिकरण गर्ने गरिएको छ । जनता त्यसमा खुशी छैनन् । चुनावको बेलामा मात्रै हो आफ्नो पोलिटिकल्ली एजेण्डा, आफ्नो नीति तथा कार्यक्रम लिएर जनतामा जाने हो । तर जब म्यान्डेट भईसकेपछि हामीले गर्नुपर्ने भनेको कानून बनाउनेदेखि लिएर, खास गरेर अहिलेको चुनौति के हो भन्दा संविधान जारी गरियो ।

तर, जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि आवश्यक संघीय कानूनहरु, यो दोस्रो आम निर्वाचनको मुख्य म्यान्डेट भनेको जारी भएको संविधानलाई अव हामीले संविधानको भावना र मर्म अनुरुप आवश्यक संघीय कानूनहरु बनाएर तीन वटै तहका सरकारहरुलाई अधिकार सम्पन्न बनाएर हामीहरुले जनतालाई कामै गरेर देखाउनु छ कि संघीयतामा सेवामा कति सुविधा हुन्छ भनेर । तीन वटै तहका सरकार अधिकार सम्पन्न हुनेगरी संघीय कानूनहरु बनाउने र त्यसपछि आएर जनताको चाहना अनुसार निर्वाचनका क्षेत्रका आ–आफ्नै किसिमको पूर्वाधार विकासदेखि लिएर, खानेपानीको देखि लिएर, बेरोजगारलाई रोजगार बनाउनेदेखि लिएर, शिक्षा, स्वास्थ्यमा जुन सुधार ल्याउनुपर्ने हो, भ्रष्टचार मुक्त मुलुक बनाउने कुरामा हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ ।’

नेता सिंहले जनाको चाहना अनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताकासाथ अघि बढाउने दोहोर्याउनु भयो । त्यस अवसरमा उहाँले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई पनि धन्यवाद दिनुभएको थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै कार्यकालको सफलताको कामनासमेत गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button