मुख्य समाचारसमाचार

समर्थन फिर्ताको असर, प्रधानमन्त्री ‘प्रचण्ड’ ले ६ गते पुनः विश्वासको मत लिनुहुने

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले चैत ६ गते (सोमबार) विश्वासको मत लिनुहुने भएको हो ।

एमाले लगायतको समर्थनमा पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले यसअघि पुस २६ गते विश्वासको मत लिनुभएको थियो । उहाँलाई संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए ।

तर पछि प्रचण्ड सरकारलाई एमाले र राप्रपाले दिएको समर्थन फिर्ता लिएपछि पधानमन्त्री दाहालले पुनः विश्वासको मत लिन लाग्नुभएको हो । सरकारबाट बाहिरिएछि पनि रास्वपाले समर्थन भने कायमै राखेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button