मनोरञ्जनमुख्य समाचारसमाचार

पब्जी विश्वकपमा नेपालको एतिहासिक सफलता, उपविजेता बन्यो ‘डीआरएस टिम’

२ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाउने

Gobal IME Bank

काठमाडौं । पब्जी ई-स्पोर्टसको विश्वकप ‘PMGC 2022’ मा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा नेपाली टिम डीआरएसले १५८ अंक जोड्दा एसटूजीले १९० अंक जोडेर उपाधी जितेको हो । उपविजेता नेपाली डीआरएस टिमले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ ।

त्यस्तै नेपालकै अर्को टिम T2K भने १३ औं स्थानमा आएर उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाउने भएको छ ।

पब्जी विश्वकपमा नेपाली टिमहरुले सफलता पाएपछि काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह तथा नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले समेत बधाई दिनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button