समाचार

रवि लामिछाने काे पहिलो भेला चितवनमा -Good News 24

Gobal IME Bank

काठमाडौं, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवन जिल्ला भेला गर्दैछ । रास्वपाका सभापति रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको देखिन्छ । चितवनको हाकिम चोकस्थित मिड टाउन रिसोर्टमा असार २५ गते दिउँसो १२ बजे जिल्ला भेला गर्न लागेको हो ।
भेलाअघि भिडियो सन्देश जारी गर्दै रवि लामिछानेले भने ‘कठोर समयमा चितवनले मलाई कर्मका लागि बाटो देखायो । फलामे जन्जिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन चितवनले सिकायो ।’
इमानको जग बलियो हुँदा जस्तोसुकै जंघार तर्न सकिन्छ भनि आत्मबोध पनि चितवनले गराएको उनले बताएका छन । उनले भने ‘हाे त्यही चितवन हाे, मैले आफु हुनुकाे अर्थ थाहा पाए जहाँ मैले आफु भित्रको संसार पनि थाहा पाए ।”
चितवनको सिसा कम्पलेक्स, सहिद चोक, धौलागिरी फेन्सी स्टोर टाडी चोक, कँडेल चिया पसल देवघाट, पुरानो राजेश होटेल हाकिम चोकमा रास्वपाको पार्टी सदस्यता लिन सकिने रवि लामिछानेले वताएका छन ।
रास्वपाले भातृसङ्गठन रहित सांगठनिक नीति बनाएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि प्रकारक भातृसङ्गठन हुँदैन । युवा, महिला, मजदुर, किसान , पेशागत नेपाली, व्यवसायी, आदिवासी, दलित लगायत सबैको आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाइन्छ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button