मुख्य समाचारसफल कथासमाचार

गिनीज वल्र्ड रेकर्ड होल्डर रविको संसद यात्रा

Gobal IME Bank

काठमाडौँ । रवि लामिछाने नेपालको प्रख्यात पत्रकार र गिनीज वल्र्ड रेकर्ड होल्डर हुनुहुन्छ । उहाँले ६२ घण्टा १४ मिनेट सम्म विश्राम नलिई १०२ मान्छेहरुको अन्तरवार्ता लिएर सबैभन्दा लामो समय कार्यक्रम चलाउने पत्रकारको लागि गिनीज वल्र्ड रेकर्ड कायम गर्नु भएको थियो जसलाई रवि लामिछाने वल्र्ड रेकर्ड पनि भनिन्छ ।

उहाँ पत्रकारका साथै सामाजिक कार्यकर्ताको रुपमा विदेशमा भएका र समस्यामा परेका नेपालीहरुको जीवनमा सुधार लिएर आउनका लागि काम गर्नु हुन्थ्यो । उहाँले नेपालमा हालै भएको २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टिबाट प्रतिनिधि सभाको पदको लागि उम्मेदवारी दिई भारी मतका साथ विजयी हुनुभएको छ ।

रवि लामिछानेको जन्म भक्तपुर जिल्लाको नगरककोटमा १९७४ सेप्टेम्बर १३ मा भएको हो । उहाँले भृकुटी माध्यमिक विद्यालयबाट आफ्नो एसएलसीको पढाई पुरा गर्नु भएको हो । रत्न राज्यलक्ष्मी क्याम्पसबाट उहाँले स्नातक गर्नुभएको हो र थप पढाईको लागि संयुक्त राज्य अमेरीका जानु भएको थियो । अमेरीकामा लामिछानेले फास्ट फुड चेन सब्वेमा म्यानेजरको पदमा काम गर्नु भएको थियो । नेपाल फर्किनु भन्दा अगाडी लामिछाने युएसको बाल्टिमोरमा बस्ने गर्नु हुन्थ्यो । त्यसै गरी उहाँले आमसञ्चार र पत्रकारीता अध्ययनमा मास्टर डिग्री गर्नु भएको हो ।

लमिछानेले सन् २०१९ मे १७ मा नेपालको चलचित्र विकास बोर्डको चिफ निकिता पौडेलसँग वैवाहिक सम्बन्धमा बाधिनु भएको थियो । रबि लामिछानेको पहिलो श्रीमतीको तर्फबाट दुई छोरी छन् जसको नाम रिचा र रिया हो । लामिछाने आफ्नो पहिलो श्रीमती इशा लामिछाने सँग २४ बर्ष सम्म वैवाहिक सम्बन्धमा रहनु भएको थियो र सन् २०१९ मा उहाँहरुको डिभोर्स भएको थियो ।

उहाँ सन् २००७ देखि २०१७ सम्म अमेरीकी नागरीक हुनुहुन्थ्यो । लामिछानेले अमेरीककी सिटिजनसिपको त्याग गरि आफ्नो नेपाली नागरिकताको नविकरण गर्नुभएको थियो । वि.सं २०२२ को निर्वाचनमा उहाँले अमेरिकी सिटिजनसिप त्याग नगरेको कारण उम्मेदवारी लिन नमिल्ने भनी विवाद उठेको थियो । नेपाल कानुनको प्रावधान अनुसार एक व्यक्तिले दुई वटा नागरिकता राख्न मनाहि छ ।

उहाँले गिनीज वल्र्ड रेकर्ड कायम गर्नको लागि ‘ सिधा कुरा जनतासँग ’ कार्यक्रम मार्फत सबै भन्दा लामो समय सम्म बिना विश्राम ‘ बुद्व वज बोर्न इन नेपाल ’ भन्ने विषयमा बहस कार्यक्रम चलाउनु भएको थियो । यो कार्यक्रममा लामिछानेले विभिन्न राजनितिज्ञ, सेलिब्रेटि, पत्रकार र प्रतिनिधि जनताहरुको कलको माध्यमबाट अन्तरवार्ता लिनुभएको थियो र यो कार्यक्रमको मार्फत हजारौँ दर्शकको मन जित्न लामिछाने सफल हुनु भएको थियो ।

लामिछानेले न्यूज २४ च्यानलमा ‘ सिधा कुरा जनतासँग ’ कार्यक्रम संचालन गर्नु हुन्थ्यो जहाँ ठगी र भ्रष्टाचारको सिकार भएका सर्वसाधारणको गुनासो पोख्न स्थान दिइने गरिन्छ । लामिछानेले सन् २०२१ म न्यूज २४ मा राजिनामा दिएर ग्यालेक्सी फोरके च्यानलमा ‘सिधा कुरा ’नामको कार्यक्रम संचालन गर्न थाल्नु भएको थियो ।

वि.सं २०७६ को भदौ महिनामा न्यूज २४ को सहकर्मी शालिग्राम पुडासैनिको आत्महत्या पश्चात् विवादमा पर्नु भएको थियो । पछि चितवन जिल्ला अदालतले प्रमाण नपुगेको कारण बताएर लामिछानेलाई पाँच लाख धरौटिमा रिहा गरेको थियो ।

सन् २०२२ जुन १६ मा लामिछानेले ग्यालेक्सी फोरके टिभीबाट २०७९ मा हुने निर्वाचनमा उम्मेदवारी दिनको लागि राजिनामा दिनु भएको थियो । उहाँले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिनु भएको थियो । प्रतिनिधि सभा २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टिको उम्मेदवार रवि लामिछानेले चितवन प्रतिनिधि सदस्यका तर्फ ४९,२६१ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button