समाचार

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्रलाई दलमा आउन आग्रह -Good News 24

Gobal IME Bank

७ असार, काठमाडौं । सचारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टीको अधिकारिक घोषणा गरेका हुन । उनले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्। मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए । पार्टी घोषणा गरे संगै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरेका छन । कार्यक्रममा बोल्दै उनले जोस भएका युवा पिढीहरु साथै स्वतन्त्र रुपले देशका लागि केही गर्न चाहने उम्मेदवारहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन । आफ्नो पार्टीमा आउनलाई आग्रह गर्दै उनले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button