समाचार

“राष्ट्रियस्तरको पहिलो सम्मेलन कर्णालीमा महासङ्घले गर्दैछ ।” अध्यक्ष पोखरेल

Gobal IME Bank

कर्णाली । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कर्णालीको इतिहासमा महासङ्घले पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम गर्न लागेको बताउनुभएको छ ।

महासङ्घको आयोजना तथा कर्णाली प्रदेशका सबै शाखाहरूको सहकार्यमा आसन्न पुस ८ र ९ गते सुर्खेतमा हुन लागेको केन्द्रीय साधारणभसभा सम्पन्नताका लागि गठित सचिवालयको आज सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष पोखरेलले राष्ट्रियस्तरको यो कार्यक्रम कसैले तोड्न नसक्ने गरी ऐतिहासिक अभिलेख रहने बताउनुभयो । उहाँका अनुसार साधारणसभा उद्घाटनका लागि राष्ट्रपतिलाई आमन्त्रण गरिनेछ ।

पोखरा साधारणसभाबाट परिमार्जित विधानअनुसारको राष्ट्रिय परिषद् सदस्यहरूको पहिलो राष्ट्रिय सम्मेलन भएको बताउँदै अध्यक्ष पोखरेलले संशोधन विधान कार्यान्वयनका चरणमा कर्णालीबाटै अगाडि बढ्ने जनाउनुभयो । साधारणसभाका लागि मूल समिति आफ्नै नेतृत्वमा रहेको जनाउँदै कर्णाली प्रदेश पत्रकार महासङ्घका पदाधिकारी तथा यहाँका १० वटै जिल्लाको अध्यक्ष मूल समितिमा रहेको उहाँले बताउनुभयो ।

“साधारणसभामा सबै क्षेत्रको प्रतिनिधित्व रहनेछ”, अध्यक्ष पोखरेलले भन्नुभयो, “कर्णालीबाटै घोषणापत्र जारी गरी मुलुकलाई नयाँ सन्देश दिने र आगामी पुस्ताका लागि दस्तावेज छोड्ने योजनाका साथ साधारणसभा सम्पन्न गर्दैछौँ ।” विधान कार्यान्वयनका सन्दर्भमा यो पहिलो साधारणसभा हुने भन्दै यसमा पाँच सय २५ राष्ट्रिय परिषद् सदस्य कार्यक्रममा सहभागी हुने उहाँले बताउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा संयोजकतत्वको समितिले आमन्त्रित सबैलाई आवास तथा भोजनको व्यवस्था गर्ने उहाँले जनाउनुभयो । पत्रकारिता क्षेत्र, राज्य सञ्चालकहरू र नागरिक समाज सबैमा नयाँ ऊर्जा आउने गरी कार्यक्रम हुने अध्यक्ष पोखरेलको भनाइ थियो । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न उहाँले मूल समितिका सबैलाई आ–आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button