समाचार

रसुवामा ट्राफिक कारबाही तीव्र -Good News 24

Gobal IME Bank

रसुवा, ५ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ ।
कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सावारी साधानका गरी दुई सय ५० चालक कारबाहीमा परेका हुन् । कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय २५ छन् । कारबाही गरिएकाबाट रु दुई लाख ४१ हजार पाँच सय जरिवाना गरिएको उहाँले बताउनुभयो ।
नेपाल–चीनबीचको व्यापार–व्यवसाय गर्ने रसुवागढी नाका भएका कारण यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको हो । सवारीसाधनमा आवश्यक कागजपत्र नबोक्न पटक–पटक सचेत गराउँदासमेत चालकले आलटाल गरेका कारण कारबाहीस्वरूप जरिवाना गर्नुपरेको कार्यालयले जनाएको छ ।
विगतको तुलनामा ट्राफिक नियम पालनामा केही सुधार आए पनि पछिल्लो समय नयाँ–नयाँ थपिने चालकबाट बढी मात्रामा हेलचक्र्याइ हुने गरेको पाइएको जनाएको छ । उहाँले भन्नुभयो “जुन स्थानमा जाँच हुन्छ, सोही स्थानमा ट्राफिक नियमका बारेमा चालकलाई जानकारी पनि दिँदै आएका छौँ । ”
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button