मुख्य समाचारसमाचार

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आईतवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी माग्नुभएको हो । उहाँले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी माग्नुभयो । उहाँले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारबिरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्दछ । राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई मान्दछ । संविधानवादलाई मान्दछ । विधि र विधानलाई मान्दछ । यसो भनिरहँदा हामीलाई लाग्दछ भ्रष्टाचारीको कुनै जाति हुँदैन । कुनै वर्ग हुँदैन । र यो घटनालाई रास्वपाले गम्भिर रुपमा लिएको छ । यसो भनिरहँदा नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर ति सबैको सत्यतथ्य छानबिन हुनसक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ । म सभामुखमार्फत माननीय प्रतिनिधि सभा सदस्यहरुलाई हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाले तपाइहरुको सम्मानमा परेको चोटप्रति क्षमाप्रार्थि चाहन्छौँ । र यो सम्मानित संसदको गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण रहनेछौँ । यो घटनाले हामीलाई कतैपनि विचलित गर्ने छैन भन्ने यहाँहरुलाई जानकारी गराउन चाहन्छु । भविष्यमा पनि यस्ता घटनाहरुबाट संसदीय दलभित्र रहेका राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट पर रहनुपर्छ । लोकतन्त्रलाई अझ सुदृढ र अझ समृद्ध बनाउनुपर्छ । म रास्वपाको तर्फबाट यो घटनाले संसदको गरिमामा पर्न गएको मानमर्दनलाई क्षमाप्रार्थि गर्दछु ।’

उहाँले सो प्रकरणले संसदको गरिमामा समेत मानमर्दन भएको भन्दै माफि माग्नुभयो । प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पार्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button