अन्यसमाचार

मान्छे जस्तै हिँड्ने अचम्मको दुर्लभ माछा

Gobal IME Bank

एजेन्सी । सामान्यतया हामीले देखेअनुसार माछा भनेको पानीमा बस्ने एक जल प्राणी हो ।

जस्ले आफ्नो गील्सबाट श्वासप्रश्वासको क्रिया गर्दछन्, र आफ्नो फिन्सहरुको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्दछन्। तर दक्षिणपूर्वी तास्मानियामा एउटा यस्तो प्रकारको माछाको जाती पाइन्छ, जुन माछा हिँडडुल गर्न आफ्नो फिन्सको प्रयोग गर्दछ । सो माछाको नाम हो ‘रेड ह्याण्ड फिस’ । ‘रेड ह्याण्ड फिस’ तास्मानियामा मात्र पाइने माछाको प्रजाती हो ।

यो विशेष गरि दक्षिणपूर्वी तास्मानियामा मात्र पाइन्छ। तर यो माछा पछिल्ला केही वर्षहरूमा दुर्लभ भएको पाइन्छ । वासस्थानको कमी र समुद्री अवस्थाको परिवर्तनको कारणले गर्दा यो प्रजातीका माछाहरु लोप हुने अवस्थामा रहेको अन्तराष्ट्रिय रिपोर्टहरुले देखाएको छ ।

यिनीहरु धेरै कम मात्रामा पौडी खेल्छन्, किनभने यिनीहरु हिड्न रुचाउँछन्। यिनीहरुको औसत लम्बाइ ३.२ इन्च को हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button