गुड न्यूज 24समाचार

नेगेटिभ एटिट्युड कम गर्ने तरिकाहरु पढ्नुहोस्

Gobal IME Bank

काठमाडौं । के तपाईलाई थाहा छ ? ९९ प्रतिशत सम्बन्धहरु दिर्घकालिन हुन सक्छन यदि तपाईमा भएको एटिट्युड र रिसलाई तपाईले काबुमा राख्न सक्नुहुन्छ भने। यो एउटा एटिट्युडले तपाईको सम्बन्धहरु बिगार्ने प्रमुख भूमिका खेलेको हुन्छ ।

के हो त त्यस्तो हुनुको कारण ? जब तपाईले आफुलाई सुपेरियर ठानेर आफ्नो सहयात्रीलाई डोमिनेट गर्न खोज्नुहुन्छ तब सम्बन्धहरु बिग्रदै जान्छन् । यस्तो भएपछि एकअर्का बिच कम्युनिकेट गर्न सकिँदैन र गलतधारणाहरु बढ्दै जान्छ । जब तपाईले आफ्नो गल्ती कहिले पनि स्वीकार्नु हुन्न र आफू सही र अरु गलत भन्ने सोच राख्नुहुन्छ भने तपाईको सम्बन्ध कहिले पनि राम्रो हुन सक्दैन ।

यस्ता व्यक्तिले सम्बन्धमा कहिले केही समस्या आएमा अरुलाई दोस लगाउने गर्छन् । यस्तो हुँदा सम्बन्ध जोगाउन गाह्रो पर्न सक्छ । त्यसैले हामीले कसरी यो सुपेरियर एटिट्युडलाई परास्त गरी हाम्रो सम्बन्धलाई सुर्धान सक्छौँ । जानी राखौँ ।

१) आफ्नो गल्तीलाई स्वीकार्नुहोस्

कुनै पनि सम्बन्धमा आफ्नो गल्तीलाई स्वीकार्नु धेरै नै आवश्यक हुन्छ । यदि तपाईलाई आफ्नो गल्तीको महसुस भएको छ भने त्यसलाई स्वीकार गर्नुहोस् र माफी माग्नुहोस् । सरी भन्न सिक्नुहोस् । सरी कुनै फरम्यालिटीको लागि मात्र नभई मनबाट आफ्नो गल्ती महसुस गरेर भन्नुहोस् । आफ्नो गल्तीलाई स्वीकारेर त्यसबाट सिकेर सुधार गर्नुहोस् ।

२) आफ्नो सहयात्रीको आवश्यकतालाई प्राथमिकता दिनुहोस्

यदि तपाई कुनै सम्बन्धमा हुनुहुन्छ भने आफ्नो पार्टनरको आवश्यकतालाई बुझ्नुपर्छ । कुनै पनि सम्बन्धमा समझौता,सहयोग र आदरको ज्यादै महत्व हुन्छ । यदि तपाईले आफ्नो आवश्यकतालाई मात्रै प्राथमिकता दिनुभयो भने तपाईको जीवनसाथीले नेग्लेट भएको महसुस गर्छ । यस्तो हुँदा तपाईहरु बीचको माया र केयर कम हुँदै जान सक्छ ।

३) पहुँचयोग्य हुनुहोस्

यदि तपाईले आफुलाई सुपेरियर ठानेर व्यवहार गर्नुभयो भने तपाईको पार्टनरले आफ्नो समस्याहरु र चित्त नबुझेका कुराहरु तपाईसँग खुलेर व्यक्त गर्न सक्दैनन् । त्यसैले सधैँ दयालु र केयरिङ हुने प्रयास गर्नुहोस् । यस्तो हुनाले कम्युनिकेसन गर्न सजिलो हुन्छ र एकअर्काको कुरा सुन्न र बुझ्न सकिन्छ ।

४) आफुले बोलेका कुराहरु पूरा गर्नुहोस्

आफुले बोलेका र राखेका प्रमिसहरु सधैँ पूरा गर्ने प्रयास गर्नुहोस् । यदि केही कुरा पुरा गर्न सक्नुहुन्न भने त्यो कुरा नै नगर्नु राम्रो हुन्छ किनभने कुनै पनि सम्बन्धमा भएपछि अपेक्षाहरू हुनु स्वभाविक हो र त्यो पुरा नहुँदा मनमुटाव हुने सम्भावना हुन्छ त्यसैले सकेसम्म साँचो र सही कुरा मात्रै बोल्नुहोस् ।

५) इमानदार बन्नुहोस्
एक अर्का प्रति आफुले गर्ने काम, सोच र एकअर्का प्रति कस्तो महसुस गर्नुहुन्छ त्यस बारेमा सत्य रहनुहोस्। इमान्दारिताले विश्वासको पुल निर्माण गर्दछ। इमान्दरितामा झुटलाई बास गर्न नदिनुस। स साना झुटले पनि तपाईले बनाएको इमानको स्तम्भ सजिलै भत्किन सक्छ । त्यसैले आफ्नो पार्टनर प्रति सधैँ इमानदार रहे तपाईको सम्बम्न्ध राम्रो बन्छ ।

सम्बन्धमा एकअर्का प्रति समान आदर, सहयोग र माया भएमा पक्कै पनि तपाईको सम्बन्ध दिगो रुपसम्म चलिरहने छ । सधैँ असल, इमानदार र पोजेटिभ एटिट्युड कायम राखेमा एक खुसी र सुखी सम्बन्धको निर्माण गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button