मुख्य समाचारसमाचारसूचना प्रविधि

रिसर्चरहरु मंगल ग्रहको बारेमा किन छन् उत्साहित ?

Gobal IME Bank

एजेन्सी । रिसर्चरहरुलाई चन्द्रमा भन्दा पनि मंगल ग्रह प्रति किन धेरै आकर्षित छन् ? मंगल ग्रह सौर्य मण्डलमा हाम्रो छिमेकी हो । यो ग्रह सुर्यबाट पृथ्वी भन्दा पर अवस्थित छ । मंगल ग्रह सौर्य मण्डलको एक मात्र ग्रह हो जहाँ मानव जातीले बसोबास गर्ने कल्पना गर्न सक्छ । मंगलमा दिन रातको चक्र लगभग पृथ्वीको जस्तै हुन्छ ।

मंगलको एक दिन पृथ्वीको दिन भन्दा मात्र ३७ मिनेट बढि हुन्छ । दिन र रातको चक्रले हाम्रो शारीरीक जिवनलाई प्रभाव पार्छ। चन्द्रमाको दिन र रात पृथ्वीको १४ दिन जति हुन्छ यहाँ दिन रातको तापमानमा भारी उतार चढाब भईरहन्छ । किनभने पृथ्वी र मंगल ग्रहमा जस्तो चन्द्रमामा गर्मी र चिसोलाई नियन्त्रण गर्ने वातावरण नभएको कारण यहाँ तपमानमा उतार चढाव आई रहन्छ ।

मंगल र पृथ्वीमा प्रकाश लगभग एक किसिमको नै हुन्छ । मंगलमा पनि पृथ्वीमा जस्तै सुर्योदय र सुर्यास्त हुने गर्छ । पृथ्वीको धुरी पनि मंगलको धुरी जत्तिक्कै ढल्केको हुन्छ । यी सबै साझा समानताको कारण यहाँको वातावरण पनि पृथ्वीको जस्तै हुन सक्छ भन्ने अनुमान गरिएको छ । ग्रहको तुलना गर्दा मंगलको वातावरण पृथ्वी जस्तै हुन्छ भने चन्द्रमा यस्तो वातावरण हुँदैन ।

पृथ्वीको वातावरण नाइट्रोजन र अक्सिजनले भरिएको हुन्छ । यो सौर्यमण्डलको एक मात्र ग्रह हो जहाँ पानी तरल रुपमा पाइन्छ । मंगलमा पनि पानी पाइन्थ्यो तर साँढे तिन अरब वर्ष अगाडी सम्म मात्र वैज्ञानिकहरुले प्रकाशित गरेको मंगल ग्रहको तस्बिरमा पनि नदीको घाटिहरु हामी देख्न सक्छौँ । त्यस समय मंगल ग्रह जिवनको लागि अनुकुल थियो र यसको वातावरण ज्यादा राम्रो थियो । सुर्यको प्रकोपको कारण मंगलको वातावरणमा असर परेको हो ।

पृथ्वीको वातावरणलाई यसको चुम्बकीय क्षेत्रको कारणले गर्दा अहिले सम्म बचिरहेको छ । अहिले मंगल ग्रहको वातावरण पृथ्वी भन्दा निकै खराब छ तर कुनै समय मंगल ग्रह जिवनको लागि अनुकुल हुने गर्थ्यो । तर अहिले यो ग्रह एउटा सुख्खा र बर्फिलो रेगिस्तानको रुपमा रहेको छ । मंगलमा पानी मात्र बरफ रुपमा भेटिन सकिन्छ र सतहमा मानव जाति बसोबास गर्न आवश्यक र महत्वपुर्ण खजानाहरु पनि छ ।

सन् २०२२ को सुरुवातमा युरोपको ट्रे ग्यास ओर्बिटरले मंगलको कथित घाटी भालेस मेरिनेरिसमा बर्फिलो पानि रहेको पत्ता लगाएको थियो । सुर्य र मंगल बिच कृत्रिम चुम्बकीय क्षेत्र बनाउन सकिन्छ कि भनेर अहिले वैज्ञानिकहरु रिसर्च र विभिन्न प्रयोगहरु गरिरहेको छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button