समाचार

रुकुमपूर्वमा पनि चुनावी गतिविधि तीव्र- Good News 24

Gobal IME Bank

रुकुमपूर्व । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावको गतिविधिले रुकुमपूर्वको माहोल तातिएको छ । यतिबेला चुनावका लागि उम्मेदवार सिफारिस गर्नेदेखि लिएर पार्टीको भेला, बैठक, प्रशिक्षण सञ्चालन र घोषणापत्र बनाउनमा राजनीतिक दलहरू व्यस्त छन् । अहिलेसम्म जिल्लाका सबै ठूला दलहरूले उम्मेदवार सिफारिसको काम सम्पन्न गरिसकेका छन् ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ गनेशमान पुन, पूर्ण घर्ती, कमला रोका, दलजित शेर्पाली र जुनकुमारी रोकालाई सिफारिस गरेको छ । प्रदेशसभाको निर्वाचन क्षेत्र नं (क)बाट तेजबहादुर ओली, रामसुर बुढामगर, जिताराम कामी, भीमकुमारी पुन, सङ्गम रोका, ओमकुमारी शाही, कालिप्रसाद रोका र तारक पुनको नाम सिफारिस गरिएको छ ।

यस्तै निर्वाचन क्षेत्र नं (ख) बाट लालबहादुर विष्ट, धनमान पुन, कुमारी बराल, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुमपूर्वले जानकारी दिएको छ । यस्तै प्रतिनिधिसभाको समनुपातिकतर्फ पूर्णी घर्ती, सुवोध सिर्पाली र जगत् घर्तीलाई सिफारिस गरिएको छ भने प्रदेशसभाको समानुपातिकतर्फ दिलु बुढा, हर्कबहादुर कामी, लीलाप्रसाद सुनार र भूलबहादुर विकको नाम सिफारिस गरिएको छ ।

नेकपा (एमाले)ले प्रत्यक्षतर्फ प्रदेश क्षेत्र नं (क) मा आशा स्वर्णकार, तेजेन्द्र बुढामगर र मोहनभक्त बुढामगरलाई सिफारिस गरेको छ । यही क्षेत्रका लागि समानुपातिकतर्फ केशकुमारी तुलाचन, सारिका पुनमगर र दीपा सुनुवार सिफारिसमा पर्नुभएकोे छ । निर्वाचन क्षेत्र नं (ख) मा प्रत्यक्षतर्फ पशुपति खड्का, लीलामणि गौतम, भावना बुढाथोकी र हरिहर पौडेल सिफारिस हुनुभएको छ । यसै क्षेत्रमा समानुपातिकतर्फ खेममान खड्का, फत्ते ओली, रनजित नेपाली, रामलाल केसी र गोपाल सुनार सिफारिस हुनुभएको एमाले जिल्ला कमिटीले जानकारी दिएको छ ।

यस्तै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ टोपबहादुर ओली, कैलाशकुमार मल्ल र नुमेन्द्रा खड्का सिफारिस हुनुभएकामा समानुपातिकतर्फ नन्दलाल शर्मा, लक्ष्मीप्रसाद पुनमगर, निर्माण बुढा र उपेन्द्रलाल कामीे सिफारिसमा पर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसले प्रदेशसभा, प्रतिनिधिसभा र समानुपातिक गरी २५ आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन (क) प्रत्यक्षतर्फ तिलबहादुर घर्ती, धुतकुमार पुन (गुमाने), कुसुमदेवी पुन, बच्चु पुन र पूर्णबहादुर मल्ललाई सिफारिस गरेको छ । समानुपातिकतर्फ जीतप्रसाद पुन, काजीमान घर्ती, कर्मचिज पुन, तेजेन्द्र खाम, जानबहादुर सेनलाई सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ ।

यस्तै प्रदेश निर्वाचन (ख)बाट प्रत्यक्षतर्फ गञ्जुसिङ बुढा, भीमबहादुर खड्का, दत्तबहादुर बस्नेत, धनबहादुर केसी र दन्दबहादुर विष्टलाई सिफारिस गर्दा समानुपातिकतर्फ सरिता बिसी, प्रकाश केसी, तिलकबहादुर बुढा, कमला खड्का केसी र पञ्चमान बुढाको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ हरिशङ्कर घर्ती, सत्यप्रकाश रोका र गोर्खलाल खड्का सिफारिस हुनुभएको छ भने समानुपातिकतर्फ केशरमान रोका र भावना खड्का सिफारिसमा पर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश निर्वाचन (क)बाट भीउमान घर्तीमगर, सुनिता बुढा, भागीप्रसाद विक र काशीराम पुनको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । प्रदेश निर्वाचन (ख) बाट भुवनेश्वर उपाध्याय, ललिता बुढा, केशव शाह र वसन्त गौतमको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाका लागि टीकाराम उपाध्याय, मोहनबहादुर केसी, भक्त केसी, भारती नेपालीलाई सिफारिस गरिएको एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीले जानकारी दिएको छ ।

यस्तै राष्ट्रिय पजातन्त्र पार्टीले सङ्घ र प्रदेश निर्वाचनका लागि छ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खिमबहादुर खत्री र मोहनजङ्ग शाहीको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (क)बाट जमानसिंह बुढा र बयरदया पुनको नाम सिफारिस हुँदा प्रदेश क्षेत्र नं (ख)बाट केशवचन्द्र समाल र मदनसिंह ठकुरीको नाम सिफारिस गरी पठाइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button