मनोरञ्जनसमाचार

साफ यू-१७ च्याम्पियनसिप: उपविजेता बनेको नेपाली टोली काठमाडौंमा – Good News 24

Gobal IME Bank

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिप फुटबलमा सहभागिता भएर नेपाली टोली आज स्वदेश फर्किएका छन् । श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामा सिमित रहेको हो ।

बिहीबार दिउँसो नेपाली टोली स्वदेश फर्किएका हुन् । एन्फाका पदाधिकारीहरूले नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेका थिए । । बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४-० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । समूह चरणको खेलमा नेपालले भारतलाई ३(१ गोल अन्तरले पराजित गरेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button