मुख्य समाचारसमाचार

यो चुनावले अर्को चुनाव कसरी लड्ने भन्ने कुरा सिकाएको छ- सागर ढकाल

Gobal IME Bank

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा हार व्यहोरेपछि स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्ना प्रतिकृया दिनुभएको छ ।

डडेल्धुराबाट उम्मेदवारी दिएका ढकालले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग १२ हजार ४ सय ९२ मतान्तरले हार व्यहोर्नुभएको हो ।

ढकालले चुनावले आफुलाई अर्को चुनाव कसरी लड्ने भन्ने कुरा सिकाएको प्रतिकृया दिनुभएको छ । उहाँले डडेलधुरा बासीलाई धन्यवाद दिँदै डडेलधुरामा १३ हजार भोट ल्याउनु चानचुने कुरा नभएको पनि बताउनुभएको हो ।

त्यस्तै उहाँले हारलाई हारको रुपमा नलिएको पनि बताउनुभएको छ । उहाँले अब युवाहरु सबै ठाउँबाट उठ्नु पर्ने पनि बताउनुभएको छ । उहाँले ‘मैले रविको, सोभिताको, तोशिमा जितलाई मेरो जीतको रूपमा लिएको छु’ पनि भन्नुभयो ।

उहाँले भन्नुभयो:

यो चुनावले अर्को चुनाव कसरी लड्ने भन्ने कुरा सिकाएको छ। डडेल्धुरामा पहिलो पटक ४ महिना अगाडि पाईला टेकेर यहाँ सम्म पुगे त्यसको लागि सबै डडेलधुरा बासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। डडेलधुरामा १३ हजार भोट ल्याउनु चानचुने कुरा हैन। मैले रविको, सोभिताको, तोशिमा जितलाई मेरो जीतको रूपमा लिएको छु । युवाहरु अब सबै ठाउँबाट उठ्नु पर्छ । 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button