समाचारसूचना प्रविधि

जहाँ समस्या त्यहाँ सजिलो – स्वदेशमै युवाहरुको लागि रोजगारी प्रदान गर्ने कम्पनी

Gobal IME Bank

काठमाडौँ । अहिलको २१ औ शताब्दी भनेको विज्ञान र प्रविधिको युग हो । आजको युगमा आधुनिक उपकरणहरु जस्तै कम्प्युटर, ल्यापटप र मोबाईल सबै मानिसका हात हातमा पाइन्छ । इन्टरनेटको प्रयोगले आज मानिसको दैनिकी निकै नै सजिलो बनेको छ । विभिन्न किसिमका मोबाइल एप्लीकेसनहरुको प्रयोगले मानिसले घरमै बसेर थुर्पै सेवाहरुको उपभोग गर्न पाएका छन् । एउटा मोबाईलको माध्यमबाट विश्वभरि जोडिन सकेका छौँ । अहिलेको समयमा मानिसहरु आफ्नो दैनिकीमा निकै व्यस्त हुने गरेकाले हरेक कुरामा सहजताको खोजीमा हुन्छन् । घरमै बसीबसी आफ्ना कामहरु पुरा गर्न सकिने माध्यम आजभोलि मानिसहरुले खोजिरहेका हुन्छन् । यस्तो समयमा विभिन्न किसिमका आधुनिक प्रविधिका मोबाईल एप्लीकेसनहरुको विकाश भएको पाइन्छ । हामी यतिसम्म भएका छौँ कि, हामीले खाने खाना पनि हामी समय प्रतिकुल छ भने खल्तीबाट मोबाईल फोन झिक्छौँ र होम सर्भिस एप्स खोलेर आफुलाई चाहिए जस्तो खानेकुरा घरमै अनलाइन मार्फत मगाँउछौ । हुन त यस्ता अनलाइन र होम सर्भिसको व्यवस्थाले हामीलाई निकै सहज पनि बनाएको छ । त्यसो त हामीलाई खानेकुराको मात्र नभई अन्य विभिन्न कुराहरुमा पनि सहजता चाहिरहेको हुन्छ । जस्तो हाम्रो घरमा चाहिने कम्प्युटर र्ममत देखि लिएर लण्ड्री सम्मको कामको लागि हामी सहजताको खोजीमा हुन्छौँ । यस्तै हाम्रो दैनिक जीवनमा आइपर्ने यस्ता कार्यहरुको सहजताका लागि विभिन्न होम सर्भिस दिने खालका व्यवसायिहरु पछिल्लो समय नेपाली बजारमा होमिएका छन् । अहिलेको आधुनिक युगमा आफ्नो सर्भिस घरमै पुर्याउनको लागि विभिन्न मोबाईल एप्लीकेसनको माध्यमलाई प्रयोगमा ल्याइएको देखिन्छ । त्यस्तै पछिल्लो समय नेपाली बजारमा होमसर्भिस दिने व्यवसायको रुपमा लोकप्रिय रहेको छ सजिलो सेवा ।

सजिलो सेवाका सह संस्थापक काउिस भक्त श्रेष्ठ भन्छन,अहिलेको व्यस्त जीवन शैलीमा घरमा चहिने विभिन्न खाले सेवाहरु पाउन अत्यन्तै कठिन छ । उदाहरणका लागि प्लम्बर,इलेक्ट्रीशियन,कारपेन्टरहरु कहाँ खोज्न जाने, गाह्रकको यही समस्यालाई बुझेर हामीले सजिलो सेवाको मार्फतबाट सर्वसाधारणलाई उनीहरुकै घरमा यी विभिन्न सेवाहरु प्रदान गर्छौँ । सजिलो सेवाबाट सर्वसाधारणले होम सर्भिस जस्तै प्लम्बिङ,इलेक्ट्रीशियन लगायत होम किल्निङ, होम टेस्टहरु जस्तै डेंगी, कोभिडको टेस्ट देखि लिएर घरमै लुगा धुने लण्न्ड्री सर्भिस पनि पाउन सक्छन् । यी लगायत अरु पचास भन्दा बढी सेवाहरु उपलब्ध रहेको कुरा श्रेष्ठले बताए । सजिलो सेवा नै किन रोज्ने त भन्ने हाम्रो प्रश्नमा उनले यसलाई रोज्ने मुख्य तीन कारण रहेको बताए । सजिलो सेवाले सेवाप्रदायकहरूलाई खोजेको र रोजेको समयमा घरमा आफना कर्मचारीहरु पठाउने, पारदर्शी मूल्य र सर्भिस वारेन्टी दिने उनले बताए । हरेक सेवामा कम्तीमा पनि तीस दिनको सर्भिस वारेन्टी रहेको पनि उनले बताए ।

सन् २०१७ मा काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्टमा एमबिए गर्दै गर्दा श्रेष्ठ लगायत उनका साथीहरु पुकार आचार्य र सुजित रेग्मी मिलेर त्यहाँको क्लास प्रोजेक्टको रुपमा सजिलो सेवाको आइडिया निस्केको उनले बताए । उनीहरुको रिर्सचबाट गाह्रकहरुलाई होम रिपियर्स सम्बन्धी विभिन्न खाले सेवाहरु पाउन अत्यन्तै कठिन भइरहेको थाहा पाए र यो सेवाको माग रहेको पनि जानकार भए । यसरी विभिन्न सेवाप्रदायकहरू सँग भेटेर उनीहरुले कुरा गर्न थाले । त्यसै क्रममा उनीहरुले गाह्रकह्ररुले सेवाप्रदायकहरू नपाएको र सेवाप्रदायकहरूले गाह्रकह्ररु नपाएको थाहा पाए । यसरी गाह्रक र सेवाप्रदायको बीचको खाली अन्तरसम्बन्धलाई जोड्न २०१७ मा सजिलो सेवाको स्थापना गरियो । यद्यपी सुरुवाती दिनहरुमा भने आफुहरुलाई निकै नै गारहे क्षणहरु पनि झेल्न परेको श्रेष्ठले बताए । गाह्रक र सेवाप्रदायहरुलाई आफ्नो कम्पनीको बारेमा विश्वास दिलाउन आफुहरुलाई त्यती सजिलो नभएको पनि श्रेष्ठले बताए । सुरुवाती दिनमा सजिलो मर्मत सेवाको नामबाट रहेको कम्पनी अहिले सजिलो सेवामा परिमार्जित भएर स्थापित हुन सफल भएको छ ।

पछिल्लो पाँच वर्षको अन्तरालमा बिस हजारभन्दा बढि सेवाग्राहीहरुलाई सेवा दिन सफल भएको र त्यही क्रममा दुई सय ५० भन्दा बढी सेवाप्रदायकहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारीको अवसर पनि प्रदान गरेको उनले बताए । आज आफुहरु र आफ्नो कम्पनी अहिलेको अवस्थामा आर्ईपुग्नुको मुख्य श्रेय आफ्ना ग्राहकहरुलाई दिन्छन् श्रेष्ठ । श्रेष्ठले आफ्नो कम्पनीलाई ग्राहकहरुको अझै साथको आवश्यकता भएको र आफ्ना सर्भिसहरु मानिसहरुको बिचमा अझै लग्न तत्पर रहेको बताए । उनले हाल काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै सिमित रहेको आफ्नो सेवा तिहार लगत्तै पोखरामा पनि सञ्चालनमा ल्याउने बताए । त्यस्तै आफ्नो कम्पनी स्वयमः को फाईदामुखी मात्र नभई स्वदेशमै बेरोजगार युवाहरुको लागि रोजगारीको अवसर प्रदान गर्ने कम्पनीको रुपमा रहेको पनि श्रेष्ठले बताए । सन् २०२४ सम्ममा आफुहरुले पाँच हजार युवाहरुलाई देशमै रोजगारीको अवसर उपलब्ध गराउने योजना रहेको पनि श्रेष्ठले बताए ।

भिडियो

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button