मुख्य समाचारसमाचार

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि…

Gobal IME Bank

काठमाडौं । संसद सचिवालयले १६ औँ संसद सेवा दिवस मनाइरहेको छ । संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ । मंगलवार संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताउनुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद सचिवालका कर्मचारीहरुले बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाउनु भयो । सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उहाँले घार आपत्ति जनाउनु भयो । उहाँले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै उहाँले कहिले काहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताउनु भयो ।

उहाँले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने की नसम्झिने भन्दै प्रश्न गर्नुभयो । उहाँले संघीय संसदमा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषणा गरेको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरुलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको समेत बताउनु भयो । उहाँले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा,सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशभर निर्वाचनको माहोल थियो, अब अन्यत्रको माहोल सकिएको छ, संघीय संसदभित्र निर्वाचन छिरेजस्तो मलाई लागेको छ । बाहिरको निर्वाचनको रौनक अब यहाँ आएको जस्तो भएको छ । हामीले दिने सेवा र हामीले पाउने सुविधा एक आपसमा अवश्य पनि जोडिन्छ । तर यसको मतलव यो होइन की, कहिले काहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा हामी पछि हट्नुपर्छ वा त्यसलाई ढिलासुस्ती गर्नुपर्छ, यो हुन सक्दैन । म हिजोबाट हेरिरहेको छु, अरु त सबै व्यवस्थापन समितिले संघीय संसदको नेतृत्वले वा नेपाल सरकारले सुविधा दिएर यहाँहरुले भन्नुभएको कमी कमजोरीहरु भएका होलान्, विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो । माइकहरु राष्ट्रगान बजाउने बेलामा, बोल्ने बेलामा सेवा नै नपुगेर मात्रै हो बिग्रिएको ? अनि हामी हाम्रो दायित्व त पटक्कै पूरा नगर्ने, मलाई लाग्छ, केही करारमा बाहेक, सबै लोकसेवा लडेर आउनुभएको छ ।

लोकसेवा लड्दा खालि सहसचिव, उपसचिव, अधिकृतको प्रतिष्पर्धा मात्रै हेर्नुभयो की ? त्यहाँ जाँदा सेवा, सुविधा के हुन्छ भनेर पनि हेर्नुभयो रु संघीय संसदमा आएर भन्सारको डिजी हुन चाहनेहरु पनि देखियो । कसरी तालमेल मिल्छ यो कुरा ? तपाईहरु कहाँ हुनुहुन्छ रु राजनीतमा हे¥यो, सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फोड्ने, संसदमा आम रुपमा पुराना राजनीतिक पार्टी, सांसदहरुप्रति जे गुनासो आयो रु त्यो अर्कोको कारणले होइन । सुविधा नपुगेको कारणले होइन, आफूले गर्नुपर्ने ड्युटी, इमान्दारिता, अनुशासन र समर्पणका कमीले ती कुराहरु आएका हुन् । यो कुरा सबैले बुझ्नुपर्छ । यो सेवामा न्युनतम सुविधा कटौती भएको छ भने त्यहाँनेर भन्नुहोस् । म घोर आपत्ति व्यक्त गर्दछु । पकेटबाट हामीले कसलाई पुरस्कृत गरेका छौँ ? एक जना देखाउनुस्, प्रमोशन र पुरस्कृत एक जना पनि राष्ट्रिय सभाको अध्यक्षले पकेटबाट गरेको छ भने आज राजीनामा दिन्छु । यस्ता वाहियात कुरा बोल्ने, बोल्न मिल्छ ? आफ्नो ड्युटि पूरा गर्ने र सुविधा पनि लिँदै जाने हो ।

तर यही तालले विमोचन पुस्तकका लागि यहाँ रोकेर राख्ने ? विधेयक समितिबाट एउटा निर्णय पास हुन्छ, टाइप गरेर अर्कै पठाइएको होइन, हाम्रो दोष हो त्यो । तपाईहरुले सबै राम्रो गर्नुभएको छ ? आफूले सुधार्नुपर्ने कुरा कतै नबोल्ने, के चाहियो खालि सुविधा, सुविधा चाहिन्छ तर सेवा पनि चाहियो । यही सेवाबाट राम्रो गर्छौं भनेर लोकसेवा लडेर आउनुभएको छ नि । कि झुक्याएको छ । लोकसेवाबाट यहाँ आउने बेलामा धेरै चिज आउँछ, भन्सारमा पनि जान पाइन्छ, मुख्यसचिव पनि हुन पाइन्छ भनेर हामीले रोक्यौँ । तपाईहरुका वृत्ति विकास र सेवाका कुरामा हामी प्रयत्नशील रहनेछौँ । तर त्यसका लागि माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर पाउँछौँ भनेर कहिल्यै नसोच्नुस् । यो सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु पकेटको, मेरो आफ्नो भने र गर्नु नहुनेलाई गरेको छ भने म त्यसको सम्पूर्ण जिम्मा लिन्छु, अन्यथा यस्ता कुरा गरेर कहीँ पुगिँदैन ।’

त्यस्तै संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतमले अध्ययन बिधाका लागि र क्षमता विकास गर्ने कुरामा संसद सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताउनु भयो । उहाँले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीहरुकै सहजताको लागि आफू ५ बजेसम्म बसेर भएपनि काम गरेको भन्दै साना कामहरुमा झमेला झिकेर नबस्न आग्रह गर्नुभयो । उहाँले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीहरुले आफ्ना जिम्मेवारी र काम पूर्ण रुपमा गर्न र संसदले गरेका कामहरु कमजोर नदेख्न आग्रह गर्नुभयो । कर्मचारीहरु कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थिति नभएको र प्राविधिक कुराहरुमा भएका गल्तीको जिम्मा आफूले लिने बताउनु भयो । उहाँले कर्मचारीहरुले संसदबाट भएका सुधारका कामहरुलाई किन नदेखेको भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारका पदाधिकारीहरुले लडेर ल्याएको उपलब्धिलाई अण्डर स्टिमेट नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘४ जना साथीहरु अध्ययन बिधामा छात्रवृत्ति पाएन जानुभएको छ । क्षमता वृद्धिको लागि निर्णय गर्ने भनेर गरिएको छ । एमोयु गर्नुपर्छ भनेर पनि गरिएको छ, अध्ययन बिदा दिएको छ, मलाई बताउनुहोस्, अध्ययन बिदा बाहरि कति गाह्रो छ, प्रत्येक साथीहरुलाई भनेको छु, ग्लोवल कम्पिटीशन गर्नुहोस्, सरकारबाट कन्फर्म सिट आउला र बसौंला भन्नेकुरा छैन । तपाईहरु गर्नुस् हामी बिदा दिन्छौँ । हामीले दिनसक्ने कुरा पो बोल्ने हो छ । युनियनका अध्यक्ष र युनियनका सदस्यहरुलाई थाहा छ, कति प्रयास भएको थियो, बढुवाको सन्दर्भमा भन्दा भएका बढुवाको सामान्य अनुमोदन केही कुराहरु प्राविधिक विषय त्यही बेला दिएको छ । मलाई भन्नुहोस् कुन संस्थामा महासचिव ५ बजे बसेर स्वीकृति गरेको छ ।

मलाई प्रशंसा चाहिएको छैन । व्यवस्थापनलाई प्रशंसा चाहिएको छैन । हामीले आफ्नो ब्राइट कुराहरु कमजोर नदेखौं । हामी आज आइपुग्दा कर्मचारी साथीहरु नै कार्यक्रम स्थलमा हुनुहुन्न । क्यान्टिनमा गयो, खुट्टा हल्लायो बस्यो । यी कुराहरुमा सुधार गर्नैपर्छ । म युनियनलाई आग्रह गर्न चाहन्छु । युनियनका कुन कुरा महासचिवले सुनेको छैन, व्यवस्थापनले सुनेको छैन, सचिवालयले सुनेको छैन ? मलाई भन्नुहोस् । सम्माननीय ज्युहरुको भावना पनि तपाईहरुले बुझ्नुपर्छ । उहाँहरुले हामीबाट सेवा नै चाहने हो । हाम्रो सेवा कस्तो छ त्यसको मूल्यांकन गर्ने अधिकार छ ।

हामीले पाहुना बोलाएका छौँ, हामीसँग केही छैन त । सुधार छैन ? तपाईहरु देख्नुहुन्न ? हामीले चेन्ज गरेका छौँ । युनियन प्रत्येक स्टेपमा सँगै छ । सेवा सम्बन्धको पुरस्कारको सन्दर्भमा त्यसलाई इंग्नोर गर्ने । हामीले सरकारलाई दिन नसकेपछि हामीले त्यसको रिजल्ट नआइकन के बोल्न मिल्छ । तपाईहरुको बढुवा हामीले कति लढेर ल्याएको हो, सचिवज्युहरुले कति लड्नुभयो । तपाईहरु अण्डर स्टिमेट गर्ने ? त्यो मोटिभेसन हो कि होइन ? कति वर्ष हल्लिएको थियो त्यो कुरा लागू भएको थियो ?’
महासचिव गौतमले कर्मचारीहरुले आफ्ना जिम्मेवारी र दायित्व राम्रोसँग निभाउने हो भने आम नागरिक, सांसद, नेता सबैले त्यसको सलाभ लिने भन्दै कर्मचारीहरुको सेवा सुविधामा पनि नतिजामुखी कामले नै बिस्तार गर्न सकिने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button