मुख्य समाचारसमाचार

संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था छैनः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाई बाहिर आएको हो । संसद सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उहाँले आश्वासन थियो । अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन । अतिरिक्त काम गरेकोमा भत्ता दिऊँ, अलिकति बढाऔं भन्यो भने जनता के भएका छन् भन्ने आइराखेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरु पनि पूरा हुने हुन् । अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ । समितिको तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदहरुलाई सुविधा बढाउनुपर्ने अवस्था छ । यस्तो स्थितिमा हामी अहिले छौं । त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुराहरुलाई पनि जोड दिनसक्छौं ।’

अध्यक्ष तिमिल्सिनाले संसदको कामकारबाहीबारे वस्तुनिष्ठ समिक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताउनु भयो । उहाँले संसद सचिवालयलाई स्वायत्त निकाय बनाएपनि त्यसले जनताको सार्वभौम निकायको रुपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गर्नुभयो ।

पूर्वसभामुख रानाभाटले भन्नुभयो, ‘संसद जहिले पनि कार्यकारिणी र कर्मचारीतन्त्रबाट डोमिनेट हुनुपर्ने अवस्थाबाट प्रजातन्त्रले अग्रगामी स्वरुप लिन सक्दैन । र, आफ्नो उद्देश्य हासिल गर्न सक्दैन भनेर हामीले छलफल शुरु गर्यौ । तितो अनुभवहरु छन । समितिमा यसलाई स्वायत्त निकाय बनाउनु पर्यो भनेर छलफल गर्दा मन्त्रीहरुसँग भएका तिता बहसहरु भएको थियो । त्यसबाट यसलाई स्वायत्त निकायको रुपमा विकास गर्न सकियो । यसमा मेरो पनि योगदान भएकोले गौरवको अनुभुति गर्दछु । यदी संसद कमजोर भइदियो भने मुलुक कमजोर भएर जान्छ । मलाई अन्यथा नलिनुहोला । २०४८ सालदेखि अहिलेसम्मको अनुभव हेर्दा हामी अझै परिपक्व प्रजातन्त्र हुन सकेका छैनौं । संसद कमजोर छ ।’

पूर्वसभामुख रानाभाटले संसदलाई कमजोर हुन नदिए मात्रै मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button