मुख्य समाचारसमाचार

सन्दीप लामिछानेले गरे प्रहरीसामु आत्मसमर्पण, गौशाला प्रहरी वृत लगिँदै

Gobal IME Bank

काठमाडौं । नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।

बालिका बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज (बिहीबार) बिहान ११ बजेतिर कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएका थिए । विमानस्थलमा प्रहरीका टोलीहरु उनलाई हिरासतमा लिन तयारी अवस्थामा थिए तर पनि उनी आफैले प्रहरीसामु आत्मसमर्पण गर्दै प्रहरीलाई साथ दिँदै हिरासतमा आएका थिए ।

सन्दीपले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका थिए। उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिँदैछ ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस पनि जारी गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button