मुख्य समाचारसमाचार

सन्दीपलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Gobal IME Bank

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीवार प्रहरीले पक्राउ गरी सोमवार अदालतमा उपस्थित गराएको थियो । दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

सोमवार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताउनु भयो । उहाँले सन्दीपले इजलासमा आफू निर्दोष रहेको कुरा बताएको पनि प्रमाणहरु प्रश्तुत गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीले अदालतमा प्रश्तुत गर्नुभयो । सन्दीप लामिछानेले इजलाशमा आफू निर्दोष रहेको कुरा श्रीमानसमक्ष सम्पूर्ण डिटेलहरु प्रश्तुत गर्नुभयो । म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो । यो २० गतेबाट लागू हुने गरेर दिएको समय हो । २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा ७ दिनको लागि म्याद थपिएको छ ।’

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई दशैँको भोलिपल्ट नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button