मुख्य समाचारसमाचार

अन्तिम श्रद्धाञ्जलीका लागि स्व. जोशीको पार्थिव शरीर किस्ट अस्पतालमा, शरीरको अध्ययन गरिने

Gobal IME Bank

काठमाडौं । शताब्दी पुरुष स्व।सत्यमोहन जोशीको पार्थिव शरीरलाई किस्ट अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।
आईतवार बिहान ७ बजेर ९ मिनेटमा निधन भएपछि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । अस्पताल परिसरमा उहाँको पार्थिव शरीरलाई १०ः४५ देखि ११ः३० बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । स्व।जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने बताइएको छ ।

उहाँको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो । डेंगु संक्रमणपछि उहाँलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो । अहिले उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकाको परिसरमा राखिएको छ ।

उहाँले मध्यान्ह १२ः३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button