मुख्य समाचारसमाचार

स्व. शताब्दी पुरुष जोशीको अन्तिम श्रद्धाञ्जली तालिका

Gobal IME Bank

काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आईतवार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको हो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो । डेंगु संक्रमणपछि उहाँलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उहाँलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो । जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएपछि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । श्रद्धाञ्जली दिनका लागि ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उहाँको शवलाई अस्पतालको शैय्यामा नै राखिने र १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम हुने तालिका रहेको ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनु भयो । उहाँले १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लाग राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तालिका रहेको छ । त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको मेयर महर्जनले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उहाँको शवलाई अस्पतालमा राख्छौँ । १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम सक्नुहुनेछ । १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लाग राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा १२ः३० ललितपुर महानगरपालिकामा राखिनेछ । ४ बजेदेखि ४ः३० सम्म पुनः किस्ट अस्पतालमा लगिनेछ र हस्तान्तरण गरिनेछ ।’
उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु जाने कार्यक्रम छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button