मुख्य समाचारसमाचार

मेरो जित्ने आधार सांसद हुन्, जित्नेमा विश्वस्त छुः सभामुख उम्मेदवार न्यौपाने

Gobal IME Bank

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभएको छ ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले आफ्नो लागि जित्ने आधारहरु भनेकै प्रतिनिधि सभाका सदस्यहरु भएको बताउनु भयो । उहाँले निर्वाचन अघिसम्म आफू नेपाली काँग्रेसको नेता भएपनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने बताउनु भयो ।

उहाँले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदलाई सभामुखको आवश्यक्ता पर्दछ । त्यो सभामुख निर्वाचनमार्फत हुन्छ । त्यही प्रक्रिया अनुसार मैले उम्मेदवारी दिएकी हुँ । निर्वाचनमा हारजित हुन्छ । निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । म यो निर्वाचनमा पक्कै जित्छु । मेरो जित्ने आधारहरु सांसदको मत हो । निर्वाचनअघि म नेपाली काँग्रेसको नेता हो । सभामुखमा निर्वाचन भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद चलाउँछु ।’

उम्मेदवार न्यौपानेको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । उहाँलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button