समाचार

सिट बाँडफाट साउन अन्तिमसम्म, बन्यो ११ सदश्य कार्यदल : गठबन्धन -Good News 24

Gobal IME Bank

काठमाडौँ, २० साउन । सत्तारूढ गठबन्धन बिच सिट बाँडफाट गर्ने गरी कार्यदल गठन भएको छ । पाँच दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट टुंगो लगाउने गरी ११ सदश्य कार्यदल गठन गरेको हो । शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले ११ सदस्यहरुको कार्यदल गठन गरेको छ ।
मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधी सभाकाे चुनावमा सत्ता गठबन्धनका दलहरूले तालमेल गरेर जाने निर्णय भैसकेका छन्, तर सिट बाँडफाँट चुनौतीपूर्ण रहेको छ। बैठककाे अनुसार सिट बाँडफाटका लागि गठन भएको कार्यदलमा नेपाली कांग्रेसबाट सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, महामन्त्री गगनकुमार थापा र कृष्णप्रसाद सिटौला छन्।
र गठबन्धन काे दोस्रो ठूलो पार्टी नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र पुर्ण अर्थमन्त्री भएका जनार्दन शर्मा छन्।
त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुराम भुषाल कार्यदलमा रहेका छन् भने जनता समाजवादी पार्टीबाट राम प्रसाद यादव र रकम चेमजोङ कार्यदलमा छन्।राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।
कार्यदलले साउन अन्तिमभित्र सिट बाँडफाटकाे टुंगो लगाइसक्नु पर्ने छ ।

-खेल राज कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button