मुख्य समाचारसमाचार

आजबाट सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु, यी रुटमा सवारी साधन निषेध

Gobal IME Bank

काठमाडौं । आजबाट काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

रथजात्राका लागि महानगरपालिकाले रुट निर्धारण गरिदिएको छ । यसमा सवारी साधनलाई भने केही असहज हुन सक्ने देखिन्छ ।

चैत १५ गते- तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ ।

चैत १६ गते- असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्‍याइन्छ ।

चैत १७ गते- रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ ।
पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।

सुचना – 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button