प्रेम, विवाह, याैनसमाचार

महिनावारी भएको बेला सम्भोग गर्न मिल्छ कि मिल्दैन ?

Gobal IME Bank

काठमाडौँ। धेरै व्यक्तिहरुमा महिनावारी अघि, महिनावारी भईरहेको समयमा र महिनावारी रोकिने बित्तिक्कै सम्भोग गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा हुन्छ तर यो प्रश्न सोध्न भने अप्ठेरो मानिरहेका हुन्छन् । महिनावारी भईरहेको बेलामा सम्भोग गर्दा केही साइड इफेक्ट वा गर्भवती हुन्छ कि हुँदैन भन्ने जिज्ञासा मानिसहरुमा हुन्छ । यस विषयबारे जिज्ञासा पुरुष मात्र नभई महिलामा पनि हुन्छ । महिनावारी भएको समयमा सम्भोग गर्नु वा नगर्नु व्यक्तिगत इच्छा हो । यदि दम्पतिहरु सहज महसुस गर्छन् भने महिनावारीको समयमा सुरक्षित तरिकाले सम्भोग गर्न सक्छन् ।

नेपाली समाजमा महिनावारी हुने पुरै प्रक्रियालाई नै फोहोर मान्ने गर्छन् । यसबारे कुरा गर्न पनि नेपाली समाजमा लाज मान्ने गरिन्छ र यसबारे राम्रोसँग जानकारी प्राय व्यक्तिहरुलाई हुँदैन । महिनावारीबारे जानकारी महिला मात्र नभएर पुरुषलाई पनि हुनु अति आवश्यक विषय हो । महिनावारीको समयमा आउने रगतलाई हामीहरु फोहोर ठान्ने गर्छौँ । तर वास्तविकतामा महिनावारीको समयमा आउने रगत के हो त ?

महिलाहरुको पाठेघरको बिचमा गर्भाशय हुन्छ र पाठेघरको दुई साइडमा फलोपियन ट्यूब र अण्डाशय हुन्छ र सम्भोग गर्ने ठाँउलाई योनि भनिन्छ । यदि कुनै पनि महिलाको महिनावारी नियमित छ भने महिनावारी भइसके पछि औसतमा १२ देखी १४ दिनमा अण्डाशयमा अण्डा परिपक्व हुन सुरु हुन्छ । जब ओब्यूलेसन हुन्छ अण्डाशयमा भएको अण्डा फलोपियन ट्यूबमा आउँछ । सम्भोगको समयमा पुरुषको शुक्राणु महिलाको फलोपियन ट्यूबमा गएर बस्छ र अण्डाशयमा भएको अण्डा पनि फलोपियन ट्यूबमा गएर शुक्राणु र अण्डा मिले पछि बच्चाको बिकास हुन्छ र गर्भधारण हुन्छ । तर सम्भोगको समयमा प्रेग्नेन्सी नचाहिएको कारणले गर्दा गर्भनिरोधक साधनको प्रयोग गरेको छ भने ओब्यूलेसन पछि बनेको भ्रुणमा बच्चाको प्रत्यारोपण हुँदैन तब गएर महिलाको हार्मोन लेभल कम हुँदै जान्छ । यसकारण गर्भाशयमा बनेको लेयर जसलाई एन्ड्रोमेट्रल थिकनेस भनिन्छ यो लेयर निस्किन थाल्छ यसलाई नै हामी मेन्सट्रल ब्लड भन्ने गर्छौ । मेन्सट्रल ब्लड गर्भासयमा भएको लेयर जसमा भ्रुणको प्रत्यारोपण भएर बच्चा विकसित हुन्छ त्यही लेयर हो । जब प्रेगनेन्सी हुँदैन यो लेयर निस्किने गर्छ ।

महिनावारी भईरहेको समयमा महिलाहरुमा सेक्सुअल डिजायर धेरै आइरहेको हुन्छ किनभने यो समयमा लिबिडो हार्मोन पिरियड भएको दोश्रो दिन देखि बढ्न थाल्छ । पिरियडको समयमा सम्भोग गर्दा महिलालाई पिडा हुँदैन किनभने यो समयमा महिलाको योनिमा प्राकृतिक लुब्रिकेन्ट हुन्छ र योनि पनि ओपन भईरहेको हुन्छ । सम्भोगको कारणले गर्दा ह्यापि हार्मोन रिलिज हुन्छ यसले गर्भाशयलाई रिल्याक्स गर्छ र पिरियड क्राम्प कम गर्छ । ह्यापि हार्मोनको कारणले गर्दा मिन्सट्रल माइग्रेनलाई पनि राहत मिल्छ ।

महिनावारी भईरहेको र ब्लीडीङ भईरहेको समयमा यदि दम्पतीलाई सम्भोग गर्ने इच्छा छ भने रगतले ल्यूब्रीकन्टको काम गर्छ त्यसैले यो समयमा महिलालाई पिडा कम हुन्छ । यदि महिलाको पाठेघरमा केही समस्या छैन भने मात्र महिलालाई पिडा हुँदैन । धेरै महिलामा पिरियडको समयमा सम्भोग गर्दा इन्फेक्सन भएको पाइएको छ किनभने पिरियडको समयमा निस्केको रगत क्षारीय हुन्छ । पिरियडको साइकल भईरहँदा योनिमा भएको आन्तरीक ओएस ओपन हुन्छ । यो समयमा सम्भोग हुँदा आन्तरिक ओएस खुल्ला हुने कारणले गर्दा गर्भासय, फलोपियन ट्यूब र अण्डाशयमा इन्फेक्सन हुने जोखिम बढ्छ । यदि पिरियडको समयमा दम्पतीलाई सम्भोग गर्नु छ भने गर्भनिरोधक साधनको प्रयोग गर्ने जसले गर्दा महिलामा इन्फेक्सनको रिस्क कम हुन्छ ।

पिरियड भईरहेको समयमा सम्भोग गर्दा प्रेग्नेन्सीको चान्स कम हुन्छ तर गर्भधारण हुँदै नहुने भने होइन । महिनावारी भएको ६,७ दिनमा सम्भोग गर्दा प्रेग्नेन्सीको चान्स बढ्छ । केही महिलाको ओब्युलेसन चाँडो पनि हुन सक्छ । यदि पिरियड भएको ६,७ दिनमा सम्भोग भयो र ओब्यूलेसन ११ दिनमा सुरु भयो भने प्रेग्नेन्सी हुने चान्स बढ्छ । यदि पिरियड साइकल २१ वा २२ दिनको छ भने पिरियडको बेला सम्भोग गर्दा प्रेग्नेन्सीको चान्स अझ बढ्छ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button