मुख्य समाचारसमाचार

उड्डयन प्राधिकरणले गरायो श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, छानबिन हुँदै

Gobal IME Bank
तस्बिरः सोही घटनाको तस्बिर उपलब्ध नभएको कारण अर्को तस्बिर प्रयोग गरिएको

काठमाडौं । आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएको छ । हिजो (बिहीवार) काठमाडौंबाट भैरहवा जाँदै गरेको जहाजको इन्जिनमा आगो देखिएको घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।

सो घटानाबारे छानबिन गर्नको लागि भन्दै प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो । छानबिन नसकिएसम्मका लागि श्री एयरलाइन्सको सबै जहाज ग्राउन्डेड हुने पनि बताइएको छ । प्राधिकरणले कम्पनीलाई यसबारेमा पत्र काटेर जानकारी गराईसकेको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।

हिजो (बिहीबार) बिहान काठमाडौंबाट भैरहवा गइरहेको श्री एयरलाइन्सको एक जहाजमा इन्जिन फेल भएको र आगो समेत देखिएको थियो । उक्त जहाजलाई पछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।

श्री एयरलाइन्सले उक्त घटनापछि निकालेको सुचना:

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button