मुख्य समाचारशिक्षा स्वास्थसमाचार

घाँटीको कालोपन हटाउने यी ४ घरेलु उपायहरु

Gobal IME Bank

एजेन्सी । हामी हाम्रो अनुहारको धेरै हेरचाह गर्छौ । तर शरीरका धेरै भागहरू छन् जसको हामी धेरै ख्याल राख्दैनौ। ती मध्ये एक घाँटी हो । घाँटीलाई अनुहारको जस्तो हेरचाह नगरिने भएको कारणले गर्दा यसको रङ्ग कालो हुने गर्छ । गर्मी याममा घाँटी नछोपिने कारण गर्मीमा झन् हाम्रो घाँटी डढ्ने गर्छ । घाँटीको कालोपन हटाउनको लागि यी उपायहरु अपनाउन सक्नु हुन्छ ।

१. घ्यु कुमारी
आफ्नो घाँटीमा एलोभेरा जेल लगाउनुहोस् र पाँचदेखि सात मिनेटसम्म मसाज गर्नुहोस् । घ्यु कुमारीको जेल हप्तामा २ पटक घाँटीमा लगाउदा फाइदाजनक हुन्छ । यसको प्रभाव एक महिनामा प्रस्ट देख्न सकिन्छ ।

२. आलु
हामी सबैलाई थाहा छ कि आलु आँखाको डार्क सर्कलको लागि प्रयोग गरिन्छ, तर यसलाई आफ्नो घाँटी डढेको समयमा पनि प्रयोग गर्न सकिन्छ। यसलाई हप्तामा दुईदेखि तीन पटक प्रयोग गर्नाले यसको प्रभाव देख्न सकिन्छ । हरेक रात सुत्नुअघि घाँटीमा एक टुक्रा आलुको रस लगाउनुहोस् र दस मिनेटपछि घाँटी धुनुहोस् र मोइस्चराइजर लगाउनुहोस् ।

३. बेसन
छालालाई चम्किलो बनाउन चनाको पिठो पनि उत्तम मानिन्छ । तपाईँ यसलाई आफ्नो घाँटीमा पनि गर्न प्रयोग गर्न सक्नुहुन्छ । एक चम्चा बेसार, आधा चम्चा तोरीको तेल र एक चिम्टी बेसार मिसाएर पेस्ट तयार गर्ने । यो पेस्टलाई घाँटीमा १५ मिनेटसम्म राख्नुहोस् । त्यसपछि, यसलाई पखाल्नु होस् । यो प्याक हप्तामा एक पटक लगाउनुहोस् ।

४. भिटामिन ई तेल
भिटामिन ई तेलबाट कपाल र अनुहारलाई धेरै फाइदाहरू हुन्छन् । यसलाई आफ्नो घाँटीको लागि पनि गर्न सकिन्छ । यसका लागि भिटामिन ई को दुईदेखि तीन वटा क्याप्सुल लिनुहोस् र यसबाट तेल निकालेर घाँटीमा राम्रोसँग मालिस गर्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button