शिक्षा स्वास्थसमाचार

अनुहारको छालालाई स्वस्थ्य राख्नु छ भने यी ७ कुराहरुको प्रयोग कहिलै नगर्नुस्

Gobal IME Bank

काठमाडौं । कुनै पनि व्यक्ति सगँ भेट्दा वा बोल्दा हामीले सुरुमा उनीहरुको अनुहारमा नै ध्यान दिने गर्छौ किनभने कुनै पनि मानिस बोल्दै गर्दा उसको अनुहारले बोलीको भाव प्रष्ट पार्ने गदैछ। हामी सबैलाई हाम्रो शरिरको सबैभन्दा मन पर्ने भाग हो हाम्रो अनुहार । हामी सबैजना चाहान्छौं कि मेरो अनुहार सफा सुन्दर होस् । त्यसो त हाम्रो शरिरको सबै अंगहरु र भागहरु भने उत्तिकै महत्वपुर्ण हुन्छन् ।

हरेक अंगले एउटा पुर्ण शरिर बन्नको लागि विशेष भुमिका निर्वाह गर्दछ । तर हाम्रो अनुहारले भने कयौं समयमा हाम्रो भावनाहरुलाई प्रस्तुत गर्ने काम गर्ने भएकोले हामी सबैजना चाहान्छौं कि हाम्रो अनुहार राम्रो होस् , सुन्दर होस् । त्यसो त पुरुषहरुभन्दा महिलाहरुले बढि गरेर अनुहारको हेरचाहमा बढि ध्यान केन्द्रित गर्ने गरेको पाईन्छ । सुन्दर अनुहार र त्यही अनुहारबाट प्रस्तुत हुने सुन्दर हाँसोले सामुन्नेको व्यक्तिलाई मोहीत पार्न समेत हाम्रो सुन्दर अनुहारले ठुलै भुमिका खेलेको हुन्छ ।

मानव शरिरको छ इन्द्रिय अंगहरुमध्य हाम्रो छाला पनि विशेष छ । छालाले शरिरमा हुने छुवाईलाई महसुस गर्ने काम गर्दछ । अनुहारको छाला विशेष हुन्छ किनभने अन्य भागको छालाभन्दा कोमल र संवेदनशील हुन्छ। यसलाई राम्रो हेरचाह गर्नुपर्दछ । अनुहारको छालालाई विशेष ध्यान दिनुको कारण भने धेरै छन् । हामी सबैलाई थाहा छ, हाम्रो भावनाहरुलाई प्रस्तुत गर्ने काम हाम्रो बोली र शब्दले मात्रै नभई हाम्रो अनुहारको हाउभाउले पनि गर्दसछ । तसर्थ हाम्रो अनुहारको छालालाई सुन्दर र कोमल बरकरार राख्न हामी सबैले विशेष ध्यान दिनुपर्दछ ।

छाला रोग विशेषज्ञ डा.प्रकाश आचार्यका अनुसार हाम्रो अनुहारको छालालाई सुन्दर र स्वस्थ्य बनाउनु छ भने कहिले पनि यी ७ कुराहरुको प्रयोग गर्नु हुदैन ।

१) मेकअप वाइप्स
के तपाँईको अनुहारमा भएको तेल, फोहोर र मेकअप हटाउनका लागि मेकअप वाइप्सहरुको प्रयोग गर्ने गर्नुहुन्छ भने यो बानी बन्द गरेको नै राम्रो हुन्छ । यसरी प्रयोग गर्ने वाइप्सहरु प्राय अलकोहल बेस्ड हुन्छनु र यसको प्रयोगले छालालाई सुख्खा बनाउने र स्किन ब्यारियर ड्यामेज गर्न सक्छ । अल्कोहल बेस्ड नभएको वाइप्सको प्रयोग गर्नुपर्छ ।

२) म्याद नागेका प्रोडक्टसहरु
म्याद नागेको प्रोडक्टसहरुको प्रयोग गर्दा यी प्रोडक्टसहरुले गर्नुपर्ने जुन काम हुन्छ त्यो गर्न सक्दैन् । जस्तै हामीले म्याद नागेको सनस्क्रिन प्रयोग गर्यौँ भने त्यसले जति घामबाट बचाउनु पर्ने हो त्यसले त्यति घामबाट बचाउन सक्दैन । त्यसैगरी अर्को महत्वपूर्ण कुरा भनेको खोलेर लामो समयसम्म प्रयोग नगरी राखेको प्रोडक्टस छ भने त्यसलाई प्रयोग गर्नु हुदैन । यसरी लामो समयसम्म स्किन प्रोडक्टसलाई खुल्ला राख्दा त्यो स्किन प्रोडक्टस घामको, हावाको अथवा कीटाणुहरु जस्तै ब्याकटिरियाहरुको कन्ट्याक्टमा आएर प्रयोग गर्न नहुने भएको हुन्छ । स्किन प्रोडक्टसलाई चिसो र अध्याँरो ठाउँमा राखेको राम्रो हुन्छ ।

३) राईस् वाटर/चौलानी पानी
यो पनि एउटा पपुलर स्किन केयरमा पर्छ र ईन्टरनेटमा धेरै नै भेटिने गर्दछ । तर यसको प्रयोगले विशेष गरेर छाला सुक्खा हुनेहरु र चायाँ पोतोको समस्या हुनेहरुमा समस्या ल्याउन सक्छ किनभने यसको प्रयोगले छाला थप सुक्खा हुने गर्दछ ।

४) आफ्टर सेभ/फिट्किरी
प्राय केटा मान्छेहरुमा दारी सेभ गरेपछि आफ्टर सेभ अथवा फिट्किरी लगाउने बानी हुन्छ । तर यस्तो गर्नु राम्रो होईन् । आफ्टर सेभ प्राय अल्कोहल बेस्ड हुन्छन् र प्राय बास्ना आउने खालका हुन्छन् । यस्तो बास्ना आउने र अल्कोहल बेस्ड प्रडक्ट्स दुबै छालाको लागि हानिकारक हुन्छ र यसले छालालाई थप सुक्खा र ड्यामेज गराउन सक्छ । यसको सट्टामा सेभ गरेपछि राम्रो खालको मोईस्चराईजरको प्रयोग गरेको राम्रो हुन्छ ।

५) टोनर
प्राय बजारमा पाईने टोनरहरु अल्कोहल बेस्ड नै हुने गर्दछन् र यस्तो टोनरको प्रयोगले छालालाई एकछिन राम्रो देखाएपनि लङ टर्ममा छालालाई सुक्खा बनाउने र ड्यामेज गर्नसक्ने हुन्छ । यस्ता टोनरहरु सकेसम्म प्रयोग गर्न नहुने र प्रयोग गर्नै परे अल्कोहल बेस्ड नभएको र हाईड्रेटिङ खालको प्रयोग गरेको राम्रो हुन्छ ।

६) स्क्रब फेसवास
विशेष गरेर डण्डिफोरको समस्या भएकाहरु र ओईली स्किन भएकाहरुले स्क्रब फेसवास प्रयोग गरेको पाईन्छ । यस्तो फेसवासले अनुहारलाई एकछिन उज्यालो बनाएपनि यसले पछि गएर स्किन ड्यामेज गर्न सक्छ । त्यसैले स्क्रब फेसवासहरु प्रयोग गर्नुहुदैन् र फिजिकल स्क्रबिङ टुल्स, पोअर्स स्ट्रिप्स् र भ्याक्युमहरु पनि अनुहारको छालामा कहिल्यै प्रयोग गर्नुहुँदैन् ।

७) अल्फा, बिटा हाईड्रक्सी एसिड ( AHA/BHA)
अहिले बजारमा विभिन्न किसिमका अल्फा, बिटा हाईड्रक्सी एसिड भएका पिलिङ सोलुसन प्रडक्टसहरु पाईने गर्दछन् । हामीले सकेसम्म यस्तो कडा पिल्सहरुको प्रयोग गर्नुहुँदैन् । किनभने यसको उचित प्रयोग भएन भने छालालाई उल्टै सुक्खा र डल् बनाउने र एलर्जी पनि हुन सक्छ । त्यसैले यस्तो पिल्सहरु चिकित्सकहरुको सल्लाहमा मात्रै प्रयोग गर्नुपर्दछ । यस्ता पिल्सहरुको प्रयोग गर्दा संगसंगै रेटिनोलको प्रयोग पनि गर्नुहुँदैन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button