अन्यमनोरञ्जनसूचना प्रविधि

बजारमा स्मार्ट जुत्ता, के छन बिशेषता ? -Good News 24

Gobal IME Bank

अहिले बजारमा नयाँ प्रविधिको स्मार्ट जुत्ताहरु आएका छन । स्मार्ट जुत्ताहरू प्राय अहिले सबै पसलमा पाइने अथवा देखिने जुत्ताहरु हो । स्मार्ट शु सामान्य जुत्ताहरू भन्दा धेरै राम्रा सुविधायुक्त हुन्छन् ।
स्मार्ट जुत्ताहरूले हामीले गर्ने गतिविधिहरुलाई ट्र्याक गर्छ । यी जुत्ताहरुमा स-साना यन्त्रहरू जडान गरिएको हुन्छ जसले गर्दा यी जुत्ताहरूले हामी कत्तिको सक्रिय छौ भन्ने कुराको मापन गर्दछ । हामीले कति पाइला हिड्यौ भन्ने कुराको पनि जानकारी दिन्छ, साथै हिड्दा हिड्दै कति क्यालोरी बर्न भयो र ब्लड प्रेसर पनि को मापन पनि गर्छ ।

यो जुत्ताले हामी भएको ठाउको GPS को र हामी भएको ठाउँको लोकेशन  देखाउछ । यो जुत्ताले गहिरो रुपमा रहेर ट्र्याक गर्छ । यो जुत्तामा प्रेसर सेन्सर हुन्छ जसले गर्दा मानिसको वजन कति छ भन्ने कुराको पनि जानकारी दिन्छ।
यी प्रेसर सेन्सरहरू आफै खुट्टामा फिट हुन मद्दत गर्दछ र एकचोटी खुट्टामा फिट भइसकेपछि अर्को चोटि पनि सेन्सरले खुट्टालाई आफै पहिचान गरेर खुट्टामा फिट हुन्छ। यी सेन्सरहरूले प्रकाश, आवाज, उचाइ, र थप अन्य कुराहरूको बारेमा अवलोकन गरेर कार्य गर्दछ।
यसमा एक आन्तरिक सेन्सर हुन्छ जसले जुत्ताको ब्याट्री जीवनलाई निगरानीमा राख्दछ। मोबाइल चार्ज गरे जस्तै गरी जुत्तालाई पनि चार्ज गरेर प्रयोग गरिन्छ । सिंगल चार्जबाट नै २ हप्ता सम्म टिक्छ र यसमा कठिनाइ हुदैन ।

कुनै कुनै स्मार्ट जुत्ताहरूमा केही अन्य साना रमाइलो सुविधाहरू पनि हुन्छन्: जस्तै जुत्ताको तलपट्टी एलईडी बत्तीहरू हुन्छन् । जुन मनपरे अनुसार रंग परिवर्तन गर्न सकिन्छ। यो जुत्ता अटोमेटिक हुन्छ, यसले तुना पनि आफै बाँध्छ, ब्लुटुथ पनि कनेक्ट गर्न मिल्छ।
जुत्ता उद्योगमा यो चर्चित जुत्ता ब्राण्ड Nike ले नयाँ स्मार्ट जुत्ता सार्वजनिक गरेको छ । यससंगै थुप्रै कम्पनीहरुले पनि यस्ता जुत्ताहरु निकालेका छन ।

-निरु नगरकोटी

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button