अन्यशिक्षा स्वास्थसमाचार

मान्छेसँग बोल्न तथा समुहमा बोल्न डराउनेलाई विशेष टिप्सहरु – GoodNews24

Gobal IME Bank

सोसियल एन्जाइटी डिस्अर्डरलाइ सोसल फोबिया पनि भनिन्छ र यो मानसिक स्वास्थ्यको एउटा अवस्था हो । सोसियल एन्जाइटी डिस्अर्डरको कारण मानिसहरुसंग घुलमिल हुन डराउने ,अरुले के भन्लान भनेर चिन्तित बन्ने समुहमा बस्न डराउने गर्दछन र यसो हुनाले उनीहरुको कार्य र पढाइमा समेत नकारात्मक असर पर्न जान्छ । यो समस्या भएका व्यक्तिलाई सामाजिक परिस्थितिको सामना गर्न समस्या हुने गर्छ । यस्ता व्यक्ति प्रायः एकान्त प्रिय हुने गर्छन् । उनीहरु नाता गोताबाट टाढै बस्न रुचाउँछन् तथा समूहमा बोल्न हिच्किचाउँछन् । यसले गर्दा उनीहरुले सोचे अनुरुपको काम गर्न सक्तैनन् । परिणामस्वरुप उनीहरुमा एक किसिमको कुण्ठा रहन्छ । जसको प्रत्यक्ष असर उनीहरुको जीवनमा पर्ने गर्छ ।

विश्वका झण्डै सात प्रतिशत व्यक्ति सोसियल एन्जाइटी डिस्अर्डर (सामाजिक परिवेशमा डराउने समस्या)बाट ग्रसित छन् । यो समस्या अल्कोहलिज्म र डिप्रेशन पश्चात विश्वको तेश्रो ठूलो समस्याको रुपमा रहेको छ ।

तर यो समस्यालाई बेलैमा बुझेको खण्डमा यस्ता समस्या भएका व्यक्तिलाई पुर्णतया सामान्य जीबनमा फर्काउन सकिन्छ ।  तपाईंलाई समूहमा बोल्न, काम गर्न वा ठुल्ठूला बैठकहरुमा सरीक हुन डर लाग्छ ? वा तपाईं सधैं एकान्तमा बसीरहन रुचाउनु हुन्छ ? यदि यस्तो हो भने सचेत हुनुहोस् । किनकी तपाईंमा देखिने यी लक्षणहरुबाट ठूलै समस्या निम्तन सक्छ ।

मनोचिकित्सकका अनुसार कुनै व्यक्ति समूहमा गएर बस्न, बोल्न र घुलमिल हुन सक्दैन वा उसमा डर त्रास रहिरहन्छ भने त्यसलाई ‘सोसियल एन्जाइटी डिसअर्डर’ अर्थात् ‘सामाजिक परिवेशमा डराउने समस्या’ भनिन्छ । आज हामी यस्ता समस्या हुनेहरुको लागि केहि महत्वपूर्ण टिप्सहरुको बारे केहि महत्वपूर्ण बुदाहरु उल्लेख गर्नेछौ।

                 मनोविश्लेषक वासु आचार्य

सोसियल एन्जाइटी डिस्अर्डर हुनुका कारण निम्न हुन सक्छन ।
– वातावरणीय प्रभाव र सामाजिक चिन्ता र तनावपूर्ण जीवन अनुभवहरूको कारण
– यौन तथा शारीरिक वा भावनात्मक दुर्व्यवहार।
– साथीहरूबाट बदमाशी गर्ने वा जिस्काउने ।
– पारिवारिक कलह, घरेलु हिंसा, र डिभोर्स ।

माथि उल्लेखित यस्ता विभिन्न कारणबाट सोसियल एन्जाइटी डिस्अर्डर हुन सक्छ ।

सोसियल एन्जाइटी डिस्अर्डर दुइ किसिमको हुन्छ । एउटा सामान्य र अर्को जटिल सोसियल एन्जाइटी डिस्अर्डर । सामान्य सोसियल एन्जाइटी डिस्अर्डरले हाम्रो जीवनमा त्यति गहिरो असर पार्दैन ,धेरै मान्छेको भिडमा बोल्न डराउने ,बेला बेला मान्छेहरुको भिड मन नपराउने एकान्त मन पराउने आदि जस्ता क्रियाकलाप हरेक नर्मल व्यक्तिले गरि नै रहेका हुन्छन तर यहि अवस्था अलि धेरै नै या जटिल बन्दै गयो भने यसलाई समस्याको रुपमा लिनु पर्दछ ।
यस्तो समस्या भएका व्यक्तिहरुले निम्न टिप्स फलो गर्नुहोस ।

– कुरा काट्न सिक्नुहोस ।
कुरा काट्ने काम नराम्रो पक्कै हो तर यो एउटा हिम्मतिलो काम पनि हो । आत्मबल बढाउनको लागि तपाइको नजिकको मित्र या आफन्तसंग अरुको बारे कुरा गर्नुहोस । अरुको बारेमा कुरा गर्नु मतलव तपाइलाई अरुले के भन्छन यसबारे डर नहुनु हो । यसरी अरुको बारे कुरा गर्नाले तपाइलाइ अरुसंग घुलमिल हुन नडराइ बोल्ने बानीको बिकास गर्न सजिलो हुन्छ । मान्छेका कुरा काट्नुहोस तिनीहरु पनि म जस्तै हुन् सोच्नुहोस यसो गर्दा तपाइलाइ उनीहरु प्रतिको डर कम हुने र घुलमिल हुन अलि सजिलो हुन्छ । कुरा काट्नुको मतलव त्यति नराम्रो पनि होइन यसमा भन्न खोज्नुको मतलव यो हो कि सबैको बारेमा चासो देखाउनुहोस ।

-कुरा गर्दा खेरि ठुलो स्वरले बोल्नुहोस ।
बोल्दाखेरि सानो स्वरले बोल्नेहरु प्राय सोसल सोसियल एन्जाइटी डिस्अर्डरका सिकार हुन्छन । यस्ता व्यक्तिले आफ्नो डरलाइ हटाउन ठुलो स्वरले बोल्ने पर्छ । निर्धक्क भएर ठुलो स्वरमा बोल्दा हिम्मत बढ्छ ।मान्छेको भिडमा जानुहोस सबैले सुन्ने गरि बोल्नुहोस यसले गर्दा तपाईलाई मैले पनि त सक्दो रहेछु मलाइ त डर लागेको मात्र रहेछ तर त्यस्तो नहुने रहेछ भन्ने भान हुन्छ र यो नै तपाइको डर माथिको विजय हो ।

– मान्छेको अनुहारमा या आँखामा हेर्नुहोस ।
कुरा गर्दा काम गर्दा संगै हिड्दा जा सुकै जादा जे गर्दा पनि मानिसहरुको आँखामा हेर्ने मुस्कुराउने गर्नुहोस । तपाइको मुख्य समस्या नै अरुले के भन्छ के सोच्छ होला गालि गर्छ होला भन्ने हो यो डर हटाउन बोल्दा पनि आँखामा हेरेर बोल्ने गर्नु पर्छ । सुरुमा धेरै अप्ठेरो हुन सक्छ बिस्तारै बिस्तारै बानि पर्छ । तपाइले आँखामा हेरेर कुरा गर्दै जादा तपाइले नराम्रो नभने सम्म तपाइलाइ कसैले नराम्रो भन्दैन नराम्रो गर्दैनन् भन्ने थाहा हुन्छ यदि गरिहाले भने पनि तपाइलाइ त्यो कुरा सहने बानी बस्न थाल्छ ।

– धेरै माफी माग्ने या आफुलाई दोष दिने काम नगर्नुहोस ।
आफुले आफैलाई दोषी देख्नुले तपाईलाई कुण्ठित बनाउँछ ,गल्ति गरेको महशुस भयो भने पनि बोल्न डर लाग्ने समस्या हुन्छ त्यसैले आत्मबिश्वाश बढाउनको लागि म पनि अरु जति नै सक्षम छु मैले केहि बिराएको छैन म बाट गल्ति भएको छैन है भन्ने कन्फ़िडेण्ट हुनु जरुरी छ । त्यसैले साना साना कुरामा डराएर ओहो मेरै गल्ति रैछ ,अरुले हेप्दा नचाइने आरोप लगाउदा ,म नै गलत हो भन्ने ठान्ने होइन त्यसको विरुद्धमा बोल्ने मैले गरेकै होइन भनेर जिद्दी पनि गर्नु पर्छ ।

– अनुहारमा मुस्कान राख्नुहोस ।
जहिल्यै यस्तो सोच्नुहोस कि तपाइँ पनि कसैको लागि विशेष हुनुहुन्छ तपाइँलाइ पो त्यस्तो लाग्दैन तर तपाइमा पनि केहि न केहि क्षमता छ, तपाइँ पनि केहि न केहि गर्न सक्नुहुन्छ । तपाइको अनुहारमा मुस्कान हुदा अरु पनि तपाइँसंग बोल्न इच्छुक हुन्छन र तपाईलाई उनीहरुसंग बोल्न अझ सजिलो हुन्छ । सबै संग बोल्ने । हालखबर सोध्ने, हल्का जिस्किने गर्नुहोस यसो गर्दा तपाइलाई उनीहरु संग अझ खुल्न सजिलो हुन्छ ।

– लामो जवाफ दिने र आफुले पनि उनीहरुको बारेमा सोध्ने गर्नुहोस ।
कसै संग बोल्दा कसैले केहि प्रश्न गर्दा सकेसम्म जवाफ लामो जवाफ दिनेगर्नुस् । हो, होइन अँ हँ मा मात्र कुरा गर्ने गर्नाले तपाइको डर कहिल्यै हट्दैन न त बोल्ने बानीको बिकास नै हुन्छ । अरुसंग घुलमिल हुन नडराई बोल्नको लागि उत्तम उपाय नै बोल्ने हो । त्यसैले अरु कुरा समेटेर जवाफ दिनुहोस अझ उनीहरुको बारेमा पनि चासो देखाउनुस उनीहरुको बारेमा पनि सोध्नुहोस ।

-अरु संग आफ्नो समस्या शेयर गर्नुहोस ।
तपाइलाई बोल्न डर लाग्छ ,मान्छेहरुको अगाडी तपाइँ खुल्न सक्नुहुन्न यो कुराको अरुलाई जानकारी दिन नहिच्किचाउनुहोस । यसो गर्दा तपाइलाइ सपोर्ट गर्ने झन् मायाँ गर्ने र हौसला दिने व्यक्तिहरु बढ्छन । आफुलाई झन् कुण्ठित पार्ने होइन आफ्नो समस्या खुलेर भन्ने गर्नु पर्दछ।

– बोल्ने अवसर पाएको बेला बोल्न नहिच्किचाउनुहोस ।
प्राक्टिस मेक्स मेन पर्फेक्ट भने जस्तै बोल्न डराउनेको लागि धेरै बोल्नु अति आवश्यक छ । कुनै कार्यक्रम या भेलामा तपाईलाई बोल्न लगाइयो भने पछि नहट्नुहोस ,बरु म नि बोल्न पाए हुन्थ्यो भनेर चासो देखाउनुहोस ।  आफ्नो कुरा प्रस्टसंग राख्नुहोस ।

– म अरू भन्दा कम छैन  भन्ने ठान्नुहोस ।
सकेसम्म आफुलाई कोहि भन्दा कम नठान्नुहोस त्यसले गर्न सक्छु, मैले पनि गर्न सक्छु त्यसले आफुलाई स्मार्ट ठान्नुहोस। तपाइको कमजोरी तपाइले नदेखाए सम्म कसैले थाहा पाउदैनन । त्यसैले कमजोर नदेखिनुहोस र तपाइँ कमजोर आफ्नै सोचाइले बन्नु भएको हो कम्जोर नबनाउनुहोस ।

– अलिकति बन्छु भन्नुहोस ।
(यो सुझाव केवल सोसियल एन्जाइटी डिस्अर्डर भएका व्यक्तिहरुको लागि मात्र भएकाले यो अरु व्यक्तिको लागि नराम्रो लाग्न सक्छ । )  यस्तो समस्या हुनेहरुको लागि यो निकै फाइदाजनक छ । तपाइँ अरु संग डराउने होइन कि तपाईसंग अरु डराउँन । तपाईलाई मन नपरेका कुरा भनि हाल्नुहोस । तुरुन्त जवाफ फर्काउने र थोरै मुखाले बन्नुहोस ।

-किनमेल गर्न जाँदा बार्गेनिङ्ग गर्नुहोस ।
पसलेले भने जति तिर्ने हिडिहाल्ने बानि नगर्नुहोस । यसले तपाइलाइ बोल्न नडराउने र अर्को पैसा वचतकाे काम पनि गराउँछ । सुरुमा तपाईलाई गाह्रो लाग्न सक्छ तर आज अलिकति भोलि अलि बढी गर्दै यो बानीको बिकास गर्नुपर्छ ।

– गल्ति गर्नुहोस ,गल्तिबाट सिक्नुहोस ।
म मेरो मर्जिको मालिक हु भनठान्नुहोस । कसैले गल्ति देखाए, हो गल्ति भयो त गल्ति हुन्छ कहिलेकाही भन्नुहोस तर नझुक्नुहोस गल्ति गर्ने भनेर फेरी ठुलो क्षति हुने गल्ति गर्ने भनेको होइन गल्ति हुँदा तपाइले कसरी फेस गर्नुहुन्छ र फेस गर्न सक्नुहुन्छ हुन्न यो थाहा पाउन गल्ति गर्नु पर्छ ।

(मनोविश्लेषक वासु आचार्य)

यो पनि पढ्नुहोस् ..

[irp posts=”4699″] [irp posts=”2714″]

[irp posts=”3415″] [irp posts=”3399″] [irp posts=”2735″] [irp posts=”4224″] [irp posts=”4991″] [irp posts=”5035″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button