शिक्षा स्वास्थसमाचार

पालुङ्गो खानु कति फाइदाजनक छ त ? पढ्नुहोस् पालुङ्गोको स्वास्थ्य लाभहरु…

Gobal IME Bank

काठमाडौँ । हामीले सानो छँदा हेर्ने कार्टुन,पोपोइमा उक्त कार्टुनको पात्र पोपोइलाई पालुङ्गो खाने बित्तिक्कै उर्जा मिलेको र भिलेन सँग लडेको पक्कै पनि याद होला । के पालुङ्गो खायो भने हामी पनि त्यस्तै हुन्छौ त ? पालुङ्गो खाएर भिलेनहरु सँग लड्न नसके पनि पालुङ्गोको सेवनले हाम्रो शरीरलाई धेरै किसिमको भिटामिन भने पक्कै पनि प्राप्त हुन्छ । सायद कार्टुनमा पनि बच्चाहरुले पोपोइले पालुङ्गो खाएको देखे पछि बच्चाहरुले पनि पालुङ्गो नाक नखुुम्चाई खान्छन् भनेर देखाइएको होला । पालुङ्गो यसमा पाइने केमिकल कन्टेन्टको कारणले गर्दा स्वस्थ खानाको रुपमा हेर्ने गरिन्छ । यो हरियो तरकारीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पाइन्छ ।

पालुङ्गोमा भिटामिन ए, सि, के१ र आइरन, फोलिक एसिड, र क्यालसियम जस्ता पोषक तत्वहरु पाइन्छ । यसमा पावरफुल एन्टिअक्सिडेन्ट जियाजनथिन र क्वरसेटिन पनि पाइन्छ । यी तत्वहरुले फ्रि रेडिकल्सहरु सँग लड्न मद्दत गर्छ र अक्सिडेटिभ स्ट्रेसलाइ पनि कम गर्नको लागि मद्दत गर्छ ।

पालुङ्गोको स्वास्थ्य लाभहरु के के हुन ?
पालुङ्गोमा प्रशस्त मात्रामा कोराटोनोइड्स पाइन्छ यसले अक्सिडेटिभ स्ट्रेस र क्यान्सर सँग लड्नको लागि मद्दत गर्छ । पालुङ्गोमा पाइने फाइबरले मधुमेहलाई म्यानेज गर्नुको साथै तृप्ति बढाउछ । क्यालसियमले हड्डीको स्वास्थ्य राम्रो बनाउछ र लुटिन र जियाजनथिनले भिजनलाई राम्रो बनाउँछ ।

१) छाला , कपाल र नङलाई स्वस्थ राख्छ
पालुङ्गोमा पाइने भिटामिन ए ले हाम्रो छालालाई युभि रे बाट सुरक्षा गर्छ । त्वचीय तहहरुमा हुने अक्सिडेटिभ स्ट्रेस सँग पालुङ्गोमा पाइने भिटामिन सि ले लड्नको लागि मद्दत गर्छ जसको कारणले गर्दा छाला राम्रो स्वस्थ हुन्छ । हरेक दिन पालुङ्गो खाँदा छाला राम्रो र स्वस्थ हुन्छ । पालुङ्गोमा भिटामिन सि पनि पाइन्छ । विभिन्न स्टडीहरुले पनि पत्ता लगाएको छ कि भिटामिन सि ले कोलाजेन सिन्थेसिसलाई प्रोमोट गर्ने काम गर्छ । तरकारीमा हुने म्याग्नेजियम र आइरनले कपाल राम्रो बनाउँछ । आइरनको कमीले कपाल झर्ने समस्या आउने गर्छ र पालुङ्गोमा प्रशस्त मात्रामा आइरन हुन्छ र यसले कपाल झर्न कम गर्नको लागि मद्दत गर्छ । पालुङ्गोमा बायोटिन र मिनरल्स हुन्छ यसले नङलाई राम्रो बनाउँनको लागि मद्दत गर्छ ।

२) तौल घटाउनको लागि मद्दत गर्छ
स्टडीबाट पत्ता लागेको छ कि पालुङ्गोले भोकलाई सप्रेस गर्ने काम गर्छ । तौल बढी भएको महिलाले ३ महिना सम्म हरेक दिन ५ ग्राम पालुङ्गो खाँदा महिलामा ४३ प्रतिशत तौल घटेको थियो ।उक्त महिलामा गुलियो खाना खाने इच्छा पनि कम भएको थियो । पालुङ्गोमा थाइलाकोइड पाइन्छ यो पोषक तत्व हरेक हरियो तरकारीमा पाइन्छ ।

३) क्यान्सर हुने जोखिम घटाउँछ
पालुङ्गोमा ग्लाइकोग्लाइसेरोलिपिड हुन्छ जसले क्यान्सरसँग लड्नको लागि मद्दत गर्छ । पालुङ्गोमा भिटामिन ए पाइन्छ र स्टडीहरुबाट पत्ता लागेको छ कि भिटामिन ए ले ब्रेस्ट क्यान्सर हुनबाट रोक्न मद्दत गर्छ । पालुङ्गो हप्तामा २ भन्दा बढी पटक खाँदा ब्रेस्ट क्यान्सर हुने जोखिम कम गर्छ । पालुङ्गो क्रुसिफेरस तरकारी हो । विभिन्न स्टडीहरुबाट पत्ता लागेको छ कि क्रुसिफेरस तरकारीहरुमा क्यान्सर सँग लड्ने क्षमता हुन्छ । पालुङ्गोमा (लुटिन र जियाजनथिन) करोटेनोइड पाइन्छ यी पोषक तत्वले क्यान्सरको उपचारको लागि मद्दत गर्छ ।

४) मधुमेहको उपचारको लागि
पालुङ्गोमा नाइट्रेट पाइन्छ र यो तत्वले इन्सुलिन रेजिस्टेन्टलाई रोक्नको लागि मद्दत गर्छ । यसले इनफ्लेमेसनबाट पनि रिलिभ गर्छ यो मुख्य कारण हो मधुमेह हुने । मधुमेहको रोगीहरुले काब्र्स कम भएको खाना खानु पर्ने हुन्छ र पालुङ्गोमा कम काब्र्स हुन्छ । तर धेरै पालुङ्गोको सेवनले हाम्रो शरीरमा सुगर लेबल कम पनि हुन सक्छ जुन जोखिमपुर्ण हुन सक्छ । मधुमेह धेरै प्रकारको हुने कारण टाइप टु डाइबिटिज भएको व्यक्तिले पालुङ्गो खाँदा फाइदाजनक हुन्छ ।

५) उच्च रक्तचापलाई रेगुलेट गर्न मद्दत
यसको श्रेय पालुङ्गोमा पाइने नाइट्रेटलाई जान्छ । नाइट्रेटले एन्डोथेलियल फङसनलाई राम्रो बनाउनुका साथै ब्लड प्रेसरलाई कम गर्छ र मुुटुको स्वास्थ्यलाई पनि राम्रो बनाउनको लागि मद्दत गर्छ । नाइट्रेटले धमनीहरुको स्टिफनेसलाई पनि रिलिभ हुनको लागि मद्दत गर्छ किनभने धमनीमा स्टिफनेस आउँदा रक्तचाप उच्च हुन्छ । पालुङ्गोमा पाइने प्रोटिनले उच्च रक्तचापको उपचार गर्नुका साथै मुटु सम्बन्धी रोगहरु जोखिमलाई पनि कम गर्छ । यो तरकारीमा हुने म्याग्नेजियमले ब्लड प्रेसरलाई राम्रो सँग रेगुलेट गर्छ । यो मिनरल्सले रक्त नलीहरुलाई खुल्ला बनाउछ जसको कारण रगत हाम्रो शरीरमा राम्रो सँग फ्लो हुन पाउँछ ।

६) आँखाको स्वास्थ्य राम्रो बनाउँछ
पालुङ्गोमा महत्वपुर्ण एन्टिअक्सिडेन्ट हुन्छ लुटिन र जियाजनथिन जसले हाम्रो आँखाको भिजनलाई सुधार गर्नको लागि मद्दत गर्छ । यी कम्पाउन्डहरुले रियाक्टिभ अक्सिजन स्पेसिजसँग लड्छ र मोतिबिंदु र एज सँग सम्बन्धित म्याकुलर डिजेनेरेसन हुने जोखिमलाई पनि कम गर्छ ।

७) हड्डीलाई बलियो बनाउँछ
पालुङ्गोमा भिटामिन के र क्याल्सियम हुन्छ जुन हाम्रो हड्डीको लागि अति आवश्यक पोषक तत्व हो यसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । कम क्यालसियमको कारण ओस्टियोपोरोसिस हुने जोखिम हुन्छ । ओस्टोपोरोसिसको कारणले हड्डी कमजोर हुन्छ र सजिलै हड्डी फ्राक्चर हुने जोखिम बढाउँछ । पालुङ्गोमा क्याल्सियम हुन्छ जसले यो जोखिमलाई कम गर्न मद्दत गर्छ ।

८) डाइजेसन
पालुङ्गेमा फाइबर हुन्छ यसले हाम्रो शरीरको डाइजेस्टिभ सिस्टममा खानालाई राम्रो सँग रेगुलेट गर्नको लागि मद्दत गर्छ ।

९) दमको उपचार
पालुङ्गोमा भिटामिन सि र एन्टिअक्सिडेन्ट हुन्छ जसले अक्सिडेटिभ स्ट्रेस सँग लड्छ । अक्सिडेटिभ स्ट्रेस पनि दमको कारण हो त्यसैले पालुङ्गोको सेवनले यसलाई केही मात्रामा कम गर्न मद्दत मिल्छ । लुटिन र जियाजनथिनले दमको उपचारको लागि मद्दत गर्छ । पालुङ्गो हरेक दिन खादा दम हुने जोखिम कम हुन्छ ।

१०) भ्रुणको राम्रो विकास
पालुङ्गोमा फोलक एसिड हुन्छ यो पोषक तत्व भ्रुणको विकासको लागि महत्वपुर्ण हुन्छ । यो पोषक तत्वले अनबोर्न बच्चाहरुको नर्भस सिस्टममा डिफेक्टको जोखिमलाई कम गर्छ ।

११) ब्रेन फङसनलाई बुस्ट गर्छ
पालुङ्गोमा एन्टि स्ट्रेस र एन्टि डिप्रेसिभ इफेक्ट हुन्छ । यसले हाम्रो शरीरको कोर्टिसेस्टोरोन हार्मोनको ब्लड लेबललाई कम गर्छ यो हार्मोन हाम्रो स्ट्रेस रेस्पोन्स सँग सम्बन्धित हुन्छ । अरु पोषक तत्व जस्तै भिटामिन के, फोलेट र बेटा करोटिन ब्रेन हेल्थमा सुधार ल्याउँछ।

यदि हरेक दिन पालुङ्गो खाइरहनु भएको छ भने तपाईले आफ्नो शरीरको लागि राम्रो गरिरहनु भएको छ । पालुङ्गोको सलाद, स्मुुदि वा तरकारी बनाएर सेवन गर्दा लाभदायक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button