मुख्य समाचारसमाचार

प्रमाणीकरणको काम सम्पन्न नहुन्जेल सुकुम्बासीलाई नहटाऊ- राष्ट्रिय भूमि आयोग

Gobal IME Bank

काठमाडौं । भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई उनीहरु बसिरहेको स्थानबाट नहटाउन राष्ट्रिय भूमि आयोगले आग्रह गरेको छ ।

आज आयोगले सूचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुका बस्ती हटाउने र उनीहरु असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्नरनगराउन भनेको हो ।

लगत संकलन र प्रमाणीकरणको काम सम्पन्न नहुन्जेल उनीहरुलाई सोही स्थानमा बस्नदिने र त्यस ठाउँमा कुनैपनि असुरक्षित हुने कार्य नगर्न आग्रह गरेको हो ।

थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरुलाई यतिबेला काठमाडौं महानगरपालिकाले हटाउने काम गरेपछि पछिल्लो समय त्यहाँको अवस्था असामान्य बन्दै गईरहेको थिये । यद्यपी काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार लगायत क्षेत्रमा अतिक्रमण गरिएका जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरिसकेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button