मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा सरुवा रोग ! कसरी बच्ने ?

Gobal IME Bank

एजेन्सी । गर्मी मौसममा वातावरणमा तापक्रम बढ्दै गएपछि सरुवा रोग पनि बढ्दै गएको पाइन्छ । हरेक वर्ष जस्तै यस वर्ष पनि गर्मी मौसम लागे सँगै ज्वरो रुघाखोकिको समस्या लिएर अस्पताल जानेहरुको संख्या बढ्दो छ ।

यो मौसममा सरुवा रोगसँग बच्नु पर्छ। गर्मी मौसममा विशेष गरि खानपान, दुषित पानीको सेवन, हावाको परिर्वतनले किटजन्य रोगहरु लाग्ने गर्छ।

१) झाडापखाला

पानीबाट सर्ने रोगहरु झाडापखाला, टाइफाइड, जन्डिस, हुन् । हामीले खाने पानीको स्रोत के हो, कँहाबाट पानी ल्याएर पिउने गरेका छौँ र पानी कतिको शुद्ध छ भन्ने कुरामा ध्यान दिनु पर्छ ।

अन्यथा दुषित पानीको कारण लाग्ने झाडापखाला रोगबाट मानिसको मृत्यु समेत हुन सक्छ । पछिल्लो समय हामीले झाडापखालाकै कारण मानिसको मृत्यु भयो भन्ने कुराहरु सुनेका छैनौं तर सचेत हुन भने आवश्यक छ ।

२) टाइफाइड

टाइफाइडको मुख्य लक्षण भनेकै ज्वरो हो । तर सबै ज्वरो टाइफाइड हुँदैन, अन्य संक्रमणका कारण पनि ज्वरो आएको हुन सक्छ । पानी र खानपानकै कारण संक्रमणको ज्वरो आउने भएकाले यसमा विशेष जोड दिनु पर्ने हुन्छ ।

गर्मी मौसम लागे सँगै बाहिरको जथाभावी रुपमा बाटोमा राखेका खानेकुराहरु खानु हुँदैन । कुनै पनि खाने कुरा खान योग्य छ वा छैन भनेर थाहै नपाइ त्यहि खाने गरेको पाइन्छ । यसरी बाटोमा राखेको खानेकुरा स्वस्थ हुँदैनन । त्यसैले यसप्रकारको खानेकुराको सेवन गर्ने बानी हटाउन प्रयास गर्नु आवश्यक छ ।

३)जन्डिस

जन्डिसको संक्रमण केहि वर्ष अगाडी ज्यादा मात्रामा भएको पाइएको थियो र अहिले कम संक्रमण भएको देखिने गर्छ ।जन्डिस पनि दुषित पानीको कारणले हुने गर्छ । हेपाटाटिस ए र इ भाइरसहरु पानीबाट प्रसारण हुने गर्छन ।

यस्ता रोगबाट बच्न शुद्ध र सफा पानी र खानेकुरा सेवन गर्नु पर्छ । विशेषगरी गर्मी मौसममा लाग्न सक्ने यी रोगहरुबाट बच्नका लागि खानपानमा ध्यान दिए स्वास्थ्यमा पर्ने असरहरुबाट बच्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button