मुख्य समाचारसमाचार

वैवाहिक बन्धनमा बाँधिए गायक सुनिल गिरी र अञ्जु आचार्य

Gobal IME Bank

काठमाडौं । गायक सुनिल गिरी र अञ्जु आचार्य वैवाहिक बन्धनमा बाँधिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको गायक गिरीले आफ्ना शुभचिन्तकहरुलाई जानकारी गराएका हुन्। हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले उदयपुरकी अञ्जु आचार्यसंग विवाह गरेका हुन् । गायक गिरी र अञ्जु बेहुला बेहुली कस्ट्युममा म्युजिक भिडियो फिचर्ड गरेका हुन् ।

गायक गिरीको को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता चर्चित लोकपप गीतहरु नेपाली सांगितिक क्षेत्रलाई दिएका छन् ।

नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन्। सम्पादन र कलरिङ भने विवेक विकले गरेका हुन्। गायक गिरी र अञ्जुको विवाहको खबर बाहिरिएसंगै उनका शुभचिन्तकहरुले शुभकामनाहरु पनि व्यक्त गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button