मुख्य समाचारशिक्षा स्वास्थसमाचार

घामबाट छाला डढ्नबाट यसरी जोगाउनुहोस्

Gobal IME Bank

एजेन्सी । गर्मीयाममा छाला डढ्ने समस्याले धेरै महिलाहरु चिन्तामा परिरहेको हुन्छन् । विभिन्न ब्युटि प्रडक्ट नै प्रयोग गरे पनि धेरै समय घाममा बसे पछि छाला डढ्ने नै गर्छ र छाला डढ्छ भन्दैमा घरमै बसिरहन सम्भव पनि छैन । त्यसैले यसको लागि हामीले घरेलु उपचार अपनाउन सक्छौँ ।

१) दही

दहीको फेस प्याकले हाम्रो छालामा धेरै फाइदा प्राप्त गर्न सक्छ । दहीमा प्रोटिन, भिटामिन डि र क्याल्सियम पाइन्छ जसले हाम्रो छालामा प्राकृतिक चमक दिनुका साथै हाम्रो छालामा भएको दागलाई पनि हटाउनको लागि फाइदाजनक हुन्छ भने यसले हाम्रो छालालाई सफा पनि बनाउँछ ।

घामले छाला डढेको छ भने यसलाई हटाउनको लागि एक चम्चा दही र थोरै चामलको पिठो मिसाएर पेस्ट बनाउने र घाँमले डढेको भागमा उक्त पेस्ट लगाउने र फेस प्याक सुके पछि सफा पानीले धुने । यसरी फेस प्याक लगाउँदा छाला सफा र चम्किलो हुन्छ ।

२) कागती

कागतीमा प्राकृतिक ब्लिचङ एजेन्ट पाइन्छ जसले सन ट्यान हटाउनका लागि मद्दत मिल्छ । कागतीमा पाइने भिटामिन सि र सिट्रिक एसिडले छाला डढेको हटाउनु साथै छालालाई चम्किलो र स्वस्थ बनाउनको लागि मद्दत गर्छ । कागतीमा पाइने एन्टि अक्सिडेन्टको कारण पिम्पल , ब्लाक हेड्सको समस्याको पनि समाधान गर्नका लागि मद्दत मिल्छ ।

कागतीको रस र मह एक चम्चा मिसाएर फेस प्याक बनाएर छालामा लगाउने र १५ मिनेट पछि सफा पानीले धुने । कागतीको रस मात्र छालामा डाइरेक्ट लगाउनु हुदैन यसो गर्दा हाम्रो छालामा असर पर्न सक्छ त्यसैले कागतीको रस र गुलाफ जल मिसाएर टोनरको रुपमा पनि लगाउन सकिन्छ ।

३)चन्दनको पाउडर

चन्दनमा औषधिय गुण हुन्छ जसको कारणले गर्दा सन ट्यान हटाउनको लागि चन्दनको फेस प्याक निकै लाभदायक हुन्छ । घामबाट आउने बित्तिक्कै छालामा चन्दनको पेस्ट लगाउदा छालालाई आराम मिल्छ । चन्दनले हाम्रो छालामा भएको ब्याक्टेरियालाई मार्नको लागि मद्दत गर्छ जसको कारणले गर्दा पिम्पलको समस्यालाई कम गर्नको लागि मद्दत मिल्छ ।

चन्दनको पाउडरमा दुई चिया चम्चा दुध मिसाएर पेस्ट बनाएर छालामा लगाउदा छाला डढेको हट्नुका साथै छालालाई चम्किलो पनि बनाउनको लागि मद्दत मिल्छ । दुध र बेसनको पिठो डि ट्यानर भएको कारणले गर्दा चन्दन, बेसनको पिठो र दुध मिसाएर फेस प्याक बनाएर लगाउदा फाइदाजनक हुन्छ ।

४) मेवा

मेवामा पापेन नामक इन्जाइम पाइन्छ जसले सन ट्यान हटाउनुका साथै छालालाई चम्किलो बनाउनको लागि पनि मद्दत मिल्छ । यसले छालामा भएको दाग र पिग्मिन्टेसनलाई पनि कम गर्नको लागि मद्दत गर्छ ।

मेवाको २,३ टुक्रा ब्लेन्डरमा राखेर पेस्ट बनाउने र यसमा एक चम्चा मह र २ चम्चा दुध मिसाएर फेस प्याक बनाएर अनुहार, घाँटी र अन्य घामले डढेको ठाँउमा लगाउने र ३० मिनेट पछि सफा पानीले धुने । तपाई सँग समय छैन भने बजारमा पाइने रेडिमेड फेस प्याक पनि लगाउन सक्नु हुन्छ ।

५)आलुको रस

आलु एक किसिमको ब्लिचिङ एजेन्ट हो जसले छालालाई असर नगरि चम्किलो बनाउनको लागि मद्दत गर्छ । आलुमा पाइने भिटामिन सि ले हाम्रो छालालाई पोषिलो बनाउको लागि मद्दत गर्छ ।

आलुलाई मसिनो टुक्रा पार्ने र ब्लेन्डरमा राखेर पिस्ने र सफा सुतिको कपडामा राखेर यसको रस निकाल्ने र कपासको सहायताले छालामा लगाउने र १५ मिनेट पछि सफा पानीले धुने ।

यी घरेलु उपचारको सहायताले तपाई सन ट्यान हटाउन सक्नु हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button