मनोरञ्जनमुख्य समाचारसमाचार

के हो नेपाल टी-२० लिगको विवाद ? गृहमन्त्रीद्वारा अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

Gobal IME Bank

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नेपाल टी–२० लिगमा देखिएको विवादबारे अनुसन्धान गर्नको लागि निर्देशन दिनुभएको छ ।

त्रिवि मैदानमा ९ पुसदेखि नेपाल टी–२० लिग सुरु भएको थियो । तर प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोपछि अनुसन्धान गर्न गृहमन्त्रीले प्रहरी मुख्यालयलाई निर्देशन दिएको हो ।

गृहमन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार (सीआईबी) मार्फत अनुसन्धानका लागि निर्देशन दिएको गृहमन्त्रीको सचिवालय श्रोतले जानकारी गराएको हो ।

जारी प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वीकृतिविना नै पहिलो दिनदेखि नै विदेशी खेलाडी खेलिरहेको कुरा आएको थियो । त्यति मात्र नभई दुई टिममा त विदेशी खेलाडीले कप्तानीसमेत गरेको खुलेको छ ।

यता कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको समेत खुलासा गरिसकेका छन् । त्यस्तै प्रतियोगिताका एकजना टिभी कमेन्टेटरले पनि प्रतियोगितामा खेलहरुको अवस्था र खेलाडीको शंकास्पद गतिविधिका कारण जिम्मेवारी नै छाडेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button