मुख्य समाचारसमाचार

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले विजयी

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७९६ मत ल्याएर विजयी हुनुभएको हो ।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । भट्टराई गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत पाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button