मुख्य समाचारसमाचार

थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने काममा अवरोध

Gobal IME Bank

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ ।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत सोमवार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन शुरु गरेको हो । तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाबिरुद्ध चर्को नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेको हो।

डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भएको थियो । सुकुम्वासीहरुले डोजरको प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्वासीहरुले भने विकल्प नदिइ आफूहरु सो बस्तीबाट नहटने जिकिर गरिरहेका छन् ।

उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button