मुख्य समाचारसफल कथासमाचार

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको सफलताको कथा

Gobal IME Bank

काठमाडौं । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन को नाम अहिले कसैको लागि पनि नौलो होइन । यो रेष्टुरेन्टका आउटलेटहरु ठाँउ-ठाँउमा पक्कै पनि धेरैले देखेका छौ । यो रेष्टुरेन्टलाई नेपालको म्याक्डोनाल्ड्स पनि भन्न थालिएको छ । धेरै जसो व्यक्तिहरुलाई यो फ्रान्चाइज चेन विदेशी हो कि नेपाली हो भन्ने कुरा पनि थाहा छैन ।

द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनको संस्थापक बसन्त लामा हुन् । उहाँले आफ्नो १२ को पढाई पुरा गरेर दुबई गएर विभिन्न रेष्टुरेन्टहरुमा कुकको काम गरेर अनुभव बटुल्नुभएको हो । केही समय विदेशमा काम गरेर उहाँ नेपालमा फर्किनुभयो । उहाँले फर्किएपछि आफु पनि फुड इन्डष्ट्री मा नै लागानी गर्ने सोच बनाउनुभयो । सुरुवातमा काठमाडौंको विभिन्न रेष्टुरेन्टमा गएर त्यहाँको खाना अवलोकन गर्नुभयो, आफ्नो साथीहरुको काम अवलोकन गर्नुभयो र आफुले पनि विभिन्न रेसिपी ट्राइ गर्नुभयो र त्यसपछि उहाँले आफ्नो इन्ट्रेस्ट बर्गर तिर लग्नुभयो।

उहाँले अवलोकन गर्दा के याद गर्नुभयो भने नेपालमा बर्गर मार्केटहरुमा बर्गरको मुल्य बढि र स्वाद पनि खासै मिठो थिएन त्यसैबाट उहाँलाई बर्गर हाउस खोल्ने विचार आयो । म्याक्डोनाल्ड्सको सफलता पनि यही डिमाण्डलाई पुरा गरेर प्राप्त भएको थियो । सन् १९५८ मा ५० सेन्ट्समै फास्ट फुडको आइडियाबाट म्याक्डोनाल्ड्स सुरु भएको थियो । नेपालको सन्दर्भमा भने बर्गरको पप्युल्यारिटी पहिले नै थियो तर बर्गरलाई फास्ट फुडको रुपमा सस्तोमा बेच्ने रेष्टुरेन्टहरु भने निकै कम थियो । यही डिमान्डमा केन्द्रित भएर पहिलो द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनको सुरुवात भयो ।

बर्गर हाउसको टिमले केही रिस्क लिएर काठमान्डौको संखमुलमा द बर्गर हाउस एन्ड क्रन्ची फ्राइडको पहिलो फ्रान्चाइज खोल्यो । यो फ्रान्चाइजको सुरुवात गर्दा ६० लाखको लगानी गरिएको थियो । लोकेसन पपुलर भएको कारण फाइदा र बेफाइदा दुबै थियो । मान्छेको चहलपहल धेरै हुने कारण उनीहरुले बर्गर हाउसको आउटलेट सजिलै देख्न सक्थे जसको कारणले गर्दा रेष्टुरेन्टको विज्ञान हुन मद्दत मिल्यो यस कारणले गर्दा मानिसहरु नयाँ ठाँउमा खानको लागि जाने गर्थे । तर लोकेसन पपुलर भएको कारणले गर्दा त्यहाँ अरु पनि रेष्टुरेन्ट भएको कारण प्रतिस्पर्धा धेरै थियो ।

यसकारणले गर्दा द बर्गर हाउस चार महिनाको अवधिमा लगभग ब्याङ्गरप्ट नै हुने अवस्थामा पुगेको थियो । चार महिनाको अवधिमा रेष्टुरेन्टमा ९० लाख भन्दा बढि खर्च भइसकेको थियो । ब्राण्डलाई पपुलर बनाउनको लागि कस्टमरलाई फ्रि बिभरेज, डिस्काउन्ट र फ्रि डेलिभरीको सुबिधा दिने स्ट्राटेजीको कारणले गर्दा धेरै खर्च भएको थियो । यसले सुरुवातमा केही फाईदा नभए पनि चार महिनाको अवधिमा कस्टमरले थाहा पाइसकेका थिए कि बर्गर हाउसको फुड आइटमहरुको स्वाद मिठो र मुल्य सुपथ थियो । त्यसपछि कस्टमर फ्लो बढ्न थाल्यो र कहिलेकाँही त कस्टमरलाई बस्नको लागि पनि ठाँउको कमी हुन थाल्यो । यहाँबाट बर्गर हाउसको सफलता सुरु भएको थियो ।

सफलता प्राप्तीमा तिन ओटा कुराहरुले महत्वपुर्ण भुमिका निभाएको छ । पहिलो हो बर्गर हाउसको बर्गर जुन अफोर्डेबल र राम्रो थियो, दोश्रो हो फ्राइड चिकेन जसको रेसिपि संस्थापक बसन्त थापाले आफ्नो साथिहरुबाट बिजनेस सुरू गर्नु भन्दा पिहले उनले सिकेका थिए र तेश्रो हो निरन्तरता । चार महिनाको अवधिमा बिजनेस डुब्न लागिसकेको बेलामा पनि सर्टकट नलिएर र बिजनेस बन्द नगरी बर्गर हाउसले आफ्नो बिजनेसलाई निरन्तरता दिई राख्यो । यही कारणले गर्दा बर्गर हाउसले सफलता प्राप्त गर्यो र बर्गर हाउसको पपुल्यारिटि बढ्दै गयो र बिजनेस पनि बढ्दै गयो । बिजनेस बढाउने सोचले अरु पनि आउटलेट थपिदै गयो ।

काठमाडौंको पपुलर ठाँउहरुमा केन्द्रित भएर १८ महिना भित्र बर्गर हाउसले ५ वटा आउटलेटहरु खुल्यो । यति बेला खुलेका बर्गर हाउसको आउटलेटमा ओरिजनल टिमको लगानी रहेको छ । हरेक आउटलेटमा ३० जना स्टाफ थिए र दिनमा ५०० देखि ७०० कस्टमरहरु आउने गर्थे स्टाफलाई ट्रेनिङ भने संखमुलमा नै दिने गरिन्थ्यो । अहिले बर्गर हाउसको नेपाल भरी १०० भन्दा बढि आउटलेटहरु छन् भने २००० भन्दा बढि मानिसहरूलाई बर्गर हाउसले रोजगारी दिएको छ । यो फ्रान्चाइज बिजनेस मोडलको कारण सम्भव भएको हो ।

कुनै पनि पहिले नै स्थापित भईसकेको ब्राण्डको नाममा अर्को आउटलेटमा लगानी गरेर मालिक हुनुलाई फ्रान्चाइज किन्ने भनिन्छ । बर्गर हाउसको आउटलेटमा इन्भेष्ट गर्नको लागि १५ देखि २० लाख तिर्नु पर्छ यति पैसा तिरिसके पछि छुट्टै लोकेसनमा आउटलेट खोल्न मिल्छ र त्यो आउटलेटलाई चाहिने स्टाफ र रेसिपिको व्यवस्था बर्गर हाउसले गरिदिन्छ । यसको फाइदा ओरिजनल बिजनेसलाइ लगानी नै गर्नु परेन र आउटलेटको केहि प्रतिशत प्रोफिट मेन ओनरले पाउछ । आउटलेट किन्ने व्यक्तिलाइ पनि पपुलर ब्रान्डकको नामको कारणले आउटलेटको विज्ञापन गर्नको लागि गाह्रो हुँदैन । नयाँ विजनेस स्टार्ट गर्ने व्यत्तिको लागि यो विजनेस मोडेल एकदमै फाइदाजनक हुनसक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button