मनोरञ्जनसमाचार

‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना हुदैँ-Goodnews24

Gobal IME Bank

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एच.पी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै बसिबसि देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले अनलाइन मार्फत प्रतिस्पर्धा सहभागिता जनाउन सक्नेछन् । प्रतिभा भएका अवसरवाट बञ्चित प्रतिभालाई लक्षित गरेर ‘टिकटक स्टार’ आयोजना गरिएको आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताउनु भएको छ। उहाँले कोरोना भाइरस (कोभिड १९) को डरका कारण अनलाईन माध्यमबाट कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भएको हो। प्रतियोगिताका विजेताले फिल्ममा काम गर्ने अवसरका साथै कार, स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्नेछन् । एच.पी ईन्टरटेन्मेटले केही अगाडि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ समेत आयोजना गरेको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button