मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो त्राटक योग ? एकाग्रता शक्ति कसरी बढाउँछ ?

Gobal IME Bank

एजेन्सी । योग एक किसिमको अध्यात्मिक विज्ञान हो जसले शरीरको समग्र विकास हुन्छ । एकाग्रता शक्ति बढाउनको लागि पनि विभिन्न प्रकारको योगासनहरु गर्न सकिन्छ । एकाग्रता शक्ति बढाउनको लागि त्राटक योगासन पनि गर्न सकिन्छ । यो योग आँखाको लागि निकै फाइदाजनक हुन्छ ।

त्राटक योग के हो ?
त्राटक योग एक किसिमको ध्यान हो जसलाई एकाग्र दृष्टि वा क्यान्डल ग्लेन्जिंग पनि भनिन्छ । त्राटक योग मुल रुपमा षट्कर्मको भाग हो । यो योग हाम्रो आन्तरिक अंगहरुलाई शुद्ध गर्नको लागि गरिन्छ । त्राटक योग मनको अस्थिरता र एकाग्रता शक्ति बढाउनको लागि र आँखाको मांसपेशीहरुलाई मजबुत बनाउनको लागि गरिन्छ । त्राटक योगलाई मुक्ति र मोक्ष मार्ग प्राप्त गर्नको लागि तयार गरिएको ५ षट्कर्म मध्ये एक हो ।

त्राटक योग कति प्रकारको हुन्छ ?

त्राटक योगको सरुवात १५ औँ शताब्दी देखि भएको मानिन्छ । यो योग हठयोगको हिस्सा मानिन्छ । त्राटक योग दुई प्रकारको हुन्छ ।

१)बहिरंगा त्राटक (बाहिरी केन्द्रित अवलोकन)

२)अंतरांग त्राटक (आन्तरिक केन्द्रित अवलोकन)

त्राटक योगको प्रक्रिया

  • त्राटक योग गर्ने प्रक्रिया सरल र चरणबद्ध हुन्छ यसलाई घरमा नै पनि गर्न सकिन्छ ।
  • यो योग गर्नको लागि सबै भन्दा पहिले मैनबत्ती बाल्ने, मैनबत्ती ननिभ्ने र नढल्ने किसिमले राख्ने ।
  • हातलाई घुँडामा राख्ने र आरामदायक ध्यान मुद्रामा बस्ने ।
  • आँखालाई एकछिन बन्द गर्ने त्यसपछि केही सेकेन्ड पछि बिस्तारै आँखा खोलेर मैनबत्तीमा एकटक हेरिरहने र सके सम्म आँखा नझिम्किाउने ।
  • आँखामा दबाब नपर्ने किसिमले बलिरहेको मैनबत्तीमा हेरिरहने र आँखा रसाउन थाले पछि एक छिन आँखा बन्द गरि पुनः मैनबत्तीमा एकटक हेरिरहने ।
  • यो योग ३० सेकेन्ड देखि १ मिनेट, २ मिनेट या आफुले जति समय गर्न सक्छु जस्तो लाग्छ त्यति समय गर्ने ।
  • त्यसपछि आँखा बन्द गर्ने र आँखाको बिचमा केन्द्रित हुने यस अवस्थामा मस्तिष्कमा मैनबत्तीको कल्पना गर्ने र त्यसमा ध्यान केन्द्रित गर्ने साथै आँखा बन्द गर्दा देखिने कुनै पनि रंगमा ध्यान दिने र अध्ययन गर्ने ।
  • मस्तिष्क भित्र आउने सबै छवि हराए पछि यस प्रक्रियालाई १० देखि १५ मिनेट जारी राख्ने ।
  • यदि मन भट्कन्छ भने श्वासप्रश्वासमा ध्यान दिने ।
  • त्राटक योग गर्दा मनको अवरोध कम हुन्छ, मनमा आउने विचार कम हुन्छ र मनमा स्थिरता र शान्ति आउन थाल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button