समाचार

असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने -GoodNews24

Gobal IME Bank

काठमाडौं, ३१ जेठ । निर्वाचन आयोगले असार १ गतबाट मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । यस भन्दा अगि नामावली छुटेकाहरुले नामावली दर्ता गर्न सक्नेछन । ‘सबै निर्वाचन कार्यालयहरू र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गते देखि मतदाता नामावली संकलन गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन । पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button