समाचारसूचना प्रविधि

ह्वाट्स ऐपले ल्यायो नयाँ फिचर, युजर्सहरूलाई सहजता दिँदै

Gobal IME Bank

एजेन्सी । ह्वाट्स ऐपले यूजर्सको लागि एउटा ठुलो समस्या समाधान गरिदिएको छ । अब ह्वाट्स ऐपमा युजर्सहरूले एकै पटकमा एक सय वटा मिडिया फाइल सेयर गर्न सक्नेछन्। यो भन्दा पहिले च्याटमा केबल तिस वटा तस्बिरहरु मात्र सेयर गर्न मिल्थ्यो । तर अब एक सय वटा मिडिया फाइल वा तस्बिरहरु एकसाथ सेयर गर्न मिल्ने भएको छ ।

ह्वाट्स ऐपले युजर्सको लागि समय समयमा फिचर्समा अपडेट गरिरहेको हुन्छ । यो मेसेजिङ ऐपको करोडौको संख्यामा प्रयोगकर्ताहरु छन् । मिडिया फाइल शेयरिंगमा भएको सबै भन्दा ठुलो समस्याको प्लेटफर्मले समाधान गरिदिएको छ । डब्लु ए बेटाइन्फो (WABeta info) को रिपोर्ट अनुसार, ह्वाट्स ऐप युजरहरुले अब कुनै पनि च्याटमा एक साथ एक सय मीडिया फाइल शेयर गर्न सक्नेछन् । नयाँ रोलआउटको माध्यमबाट यो फिचर चाँडै युजर्सहरुको लागि उपलब्ध हुनेछ ।

हाल सम्म प्राप्त जानकारी अनुसार यस फिचरको हाल बिटा प्रोग्रामको लागि शुरू गरिएको छ । बिटा टेस्टर्सको लागि यो फिचर रोलआउट गरिदिएको छ जुन गुगल प्ले बिटा प्रोग्रामको सदस्य हो । यस ऐपको भर्जन २.२३.४.३ मा अपडेट को माध्यमबाट प्रयोग गर्न सकिने छ । यो पहिले एन्ड्रोइड युजर्सको लागि प्राप्त हुनेछ । आइओएस बिटा प्रोग्रामको लागि यसको रोलआउट कहिले गरिने छ भन्नेबारे जानकारी अहिले दिइएको छैन ।

यसको अलावा मेसेजिङ प्लेटफर्ममा एउटा अर्को फिचर युजर्सको लागी चाँडै उपलब्ध हुनेछ जसमा च्याट हिष्ट्रीलाई क्यूआर कोडको माध्यमबाट ट्रान्सफर गर्न सकिने छ । यो फिचर तपाई आफ्नो पुरानो फोनबाट आफ्नो ह्वाट्स ऐप अकाउन्टलाई नयाँ फोनमा ट्रान्सफर गर्ने समयमा निकै काम लाग्ने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button