समाचारसूचना प्रविधि

ह्वाट्सएपमाले ल्यायो आफैलाई मेसेज गर्न मिल्ने सुविधा

Gobal IME Bank

काठमाडौं । ह्वाट्सएपले आफै सँग च्याट गर्न मिल्ने सुविधा ल्याएको छ जसलाई ‘ Message to yourself ’ फिचर भनिएको छ । आफ्नै अकाउन्टमा मेसेज पठाउने सुविधाको कारणले गर्दा हामीले आफ्नो महत्वपुर्ण जानकारीहरु सुरक्षित साथ ह्वाट्सएपको च्याटमा सेभ गर्न सक्छौ । ‘ Message to yourself ’  फिचरको कारणले गर्दा हामीले महत्वपुर्ण नोट्स, डक्युमेन्ट्स, रिमाइन्डर र सपिङको लिस्टहरु सजिलै च्याटमा राख्न सक्छौ यसो हुँदा यी कुराहरु हराउने रिस्क हुदैन र खोजिराख्नु पर्ने झन्झट पनि हुँदैन ।

सोमबार मेटाले ओन गरेको यो इन्सटेन्ट एपमा नयाँ फिचर आएको सुचना दिएको थियो । आउने हप्ता भरिमा यो फिचर सबै एन्ड्रोइड र आइफोन प्रयोगकर्ताको ह्वाट्सएपमा आउने छ । यो ह्वाट्सएप प्रयोग गर्ने व्यक्तिहरुको लागि निकै उपयोगी हुने देखिन्छ । यो फिचर केही हप्ता देखी परिक्षणकालमा रहेको थियो । यो टेस्ट बेटा टेस्टरहरुमा गरिएको थियो र लेट अक्टुबरमा ह्वाट्सएपको बेटा ट्र्याकरहरु ध्ब्द्यभतबष्लाय ले यो फिचरको बारेमा लेट अक्टुबरमा रिपोर्ट गरेको थियो ।

ह्वाट्सएपमा आफैलाई मेसेज कसरी गर्ने ?
ह्वाट्सएपमा आफुसँग मेसेजीङ अरु व्यक्तिहरु सँग जस्तै गरेर गर्न सकिन्छ । आफै सँग च्याट सुरु गर्नको लागि यी तरीकाहरु अपनाउनुहोस्:-

  • आफ्नो मुख्य च्याट ट्याबमा ह्वाट्सएप खोल्ने
  • ह्वाट्सएपको च्याटको स्क्रिनको सबै भन्दा तल पट्टि नयाँ च्याट आइकन आएको छ त्यसमा क्लिक गर्ने
  • ह्वाट्सएपको कन्ट्याक्ट लिस्टमा हामीले आफ्नो नाम देख्न सक्छौँ जसको मुनि टेक्स्ट योर सेल्फ भनेर दिइएको हुन्छ

आफ्नो नाममा क्लिक गर्दा अरु च्याट विनडो जसरी नै हाम्रो आफ्नो च्याट खुल्छ र यहाँ हामीले आफैलाई मेसेज पठाउन सक्छौँ ।अरू च्याटहरु जस्तै यो च्याट पनि एन्ड टु एन्ड इन्क्रिप्टेड हुन्छ ।

यो फिचर ह्वाट्सएपलाई नोट र महत्वपुर्ण डक्युमेन्ट राख्ने एपको रुपमा प्रयोग गर्ने व्यक्तिहरुको लागि निकै उपयोगी हुने छ । ह्वाट्सएप डेस्कटप र वेबमा पनि प्रयोग हुने कारण प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप कनेक्ट भएको सबै डिभाइसहरुमा आफ्नो मेसेज हेर्न सक्नेछन् ।

ह्वाट्सएपको प्रतिद्वन्द्वी एपहरु सिग्नल, टेलिग्राफ र स्लाकहरुमा पनि पहिले नै आफ्नो प्रयोकर्ताहरुलाई आफै सँग च्याट गर्न मिल्ने सुविधा उपलब्ध गराएको थियो । सिग्नलमा ‘ नोट टु सेल्फ ’, टेलिग्राममा ‘ सेभ मेसेजेज ’ भन्ने फिचर र स्लाकमा ‘ जट समथिङ डाउन ’ टाइटलको स्पेस रेहेको छ जसमा आफ्नो महत्वपुर्ण नोटहरु राख्न मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button